2026-09-22 03:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रसूति गराउँदा शिशुको हात भाँच्चीएपछि…

पुस २४, काठमाडौँ । विराटनगरको नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले एक महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिदिएका छन्। 

मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा आछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएका हुन्।

तारालाई प्रसूति व्यथा लागेपछि गत पुस ९ गते अस्पताल भर्ना भएकी थिइन्। १० गते शिशु जन्मिए पनि बच्चाको हात भाँचिएपछि अस्पतालले त्यसलाई सार्वजनिक नगर्न आफूलाई दबाब दिएको ताराका ससुरा धनलाल सार्कीले बताए। ताराले दोस्रो सन्तानका रुपमा छोरा जन्माएकी छन्। उनको पहिलो सन्तान पाँच वर्षकै छोरा छन्। ताराका पति चन्द्र आछामी पाँच महिनाअघि वैदेशिक रोजगारीमा गएका छन्।

‘जन्मिएको बच्चाको हात भाँचिएको पाइएपछि अस्पतालसँग हामीले गुनासो राख्यौं,’ धनलालले भने, ‘आमा र बच्चाको उपचार सबै गरिदिने भन्दै अस्पतालले त्यसलाई सार्वजनिक नगर्न दबाब दिएका कारण हामीले पनि तत्काल यो कुरा बाहिर ल्याउन सकेनौं।’

शिशुको भाँचिएको हातको उपचार गर्न र बुहारीको प्रसूति गराउने क्रममा अस्पतालले आफूसँग ६० हजार रुपैयाँ लिएको पनि उनले बताए। उनका अनुसार प्रसूति गराउने काममा संलग्न चिकित्सकले शल्यक्रिया गर्नु नपर्ने र सामान्य अवस्थामा बच्चा जन्मिन सक्ने भन्दै हात हालेर बच्चा निकालेका थिए।

हात हालेर जबरजस्ती निकालिंदा बच्चाको हातै भाँचिदिएको परिवारको गुनासो छ। ‘प्रसूति गराउने क्रममा चिकित्सकले लापरवाही गरेका कारण बच्चाको हातै भाँचियो,’ धनलालले भने, ‘अहिले उपचार गर्न पनि मान्दैन।’ अस्पतालले बच्चाको उपचार गर्न नमानेपछि परिवारले यो कुरा बाहिर ल्याउँदै आर्थिक अवस्था दयनीय भएका कारण उपचार गर्न नसक्दा थप समस्या सिर्जना भएको बताएको छ। 

‘आमाको प्रसूति र बच्चाको हातको उपचार गराउँदा साथमा भएको सबै पैसा सकियो। अहिले अस्पतालले पनि आमा र बच्चाकै उपचार गराउन मानिरहेको छैन,’ उनले भने, ‘पैसा नभएका कारण अब कसरी उपचार गराएर नातीलाई ठिक पार्नु भन्ने चिन्ताले सताएको छ। आमाको स्वास्थ्य अवस्था पनि नाजुक बन्दै गएको छ।’ उनका अनुसार हात दुखेको पीडाले बच्चा रातदिन रुने गर्छन्।

धनलालका अनुसार हात भाँचिएका बच्चा र सुत्केरीको उपचार नै ठिक नभइकन अस्पतालले जबरजस्ती डिस्चार्ज गरिदिएको र पछि उपचारका लागि लैजाँदा बिरामी पनि लिन नमानेको गुनासो परिवारको छ। बच्चाको हात भाँचिएपछि प्लाष्टर गरिदिने बाहेक ‘फलोअप’ मा जाँदा पनि अस्पतालले केही नगरिदिएको उनको गुनासो छ। भने, ‘लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनुपर्छ। 

बच्चाको राम्रो उपचार हुनु पर्‍यो।’ अस्पतालले आफूले नै लापरवाही गरे पनि पछि उपचार गर्न नमान्नुले परिवारमा थप चिन्ता थपिएको धनलालको गुनासो छ। उनले अस्पतालमा राख्न नमानेपछि अहिले सुत्केरी अवस्थाकी बुहारी र हात भाँचिएको नातीलाई घरमै राख्नु परेको बताए।

‘हात हालेर प्रसूति गराउँदा भएको घाउ पनि अस्पतालले राम्ररी सिलाई गरिदिएनछ,’ उनले भने, ‘सिलाई उद्रिएपछि फरिपछि सिलाई गर्नु पर्‍यो।’ उनका अनुसार राम्ररी सुत्केरीको घाउ सफा नगरिदिएका कारण घाउमा संक्रमण समेत हुन थालेको जानकारी चिकित्सकले गराएका छन्। भने, ‘बुहारीको पनि अवस्था नाजुक बन्दै गएको छ। घाउमा संक्रमण भएका कारण थप समस्या हुन थाल्यो।’

नोबेलले प्रसूतिमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको नाम सार्वजनिक गर्न मानेन। अस्पतालका प्रशासकीय अधिकृत दीपेश राईले प्रसूति गराउँदा शिशुको हात भाँचिएको कुनै जानकारी नभएको बताए। ‘अस्पतालले त्यस्तै कुनै कमजोरी गरेको जानकारी छैन,’ उनले भने, ‘अन्जानमा भएको भए पनि बिरामीको उपचारलाई अस्वीकार गर्ने कुरै हुँदैन।’ राईले बिरामीको उपचारमा अस्पतालले कहिल्यै पनि लापरवाही नगर्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो