2026-09-22 03:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा विवाद चुलिदै, पौडेल समूहको छुट्टै बैठक

पुस २५, काठमाडौं । निर्वाचन पराजयसँगै सत्तारुढ दल कांग्रेसभित्र गुटगत विवाद चुलिएको छ । 

प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व, संगठन र सिद्धान्त परिमार्जनका विषयमा छलफल गरेको छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंहसहित १४ नेता सहभागी बैठकले नेतृत्वलाई पार्टी विधानअनुसार चल्न दबाब दिने सहमति गरेको नेताहरूले बताएका छन् । 

पौडेल पक्षकै सात युवा नेताले पनि सोमबारै कांग्रेसप्रति शुभेच्छा राख्ने बुद्धिजीवीसँग छलफल गरेका छन् । पुरानो बानेश्वरस्थित सिद्धार्थ कटेजमा भएको छलफलमा नेताहरूले युवा समूहले अघि सारिरहेको विचारबारे छलफल गरेका थिए । 

पौडेलपक्षीय नेताहरू नवीन्द्रराज जोशी, दीपक गिरी, गुरुराज घिमिरे, गोविन्द भट्टराई, रामकृष्ण यादव, किरण यादव, सरिता प्रसाईंले बुद्धिजीवीहरू डा. जीवराज पोखरेल, डा. यज्ञ अधिकारी, अच्युत वाग्ले, श्रीकृष्ण अनिरुद्ध गौतम लगायतसँग छलफल गरेका हुन् ।

१४ नेता सहभागी बैठकले नेतृत्वलाई पार्टी विधानअनुसार चल्न दबाब दिने सहमति गरेको छ ।

पार्टीको विधानअनुसार नेतृत्व नचलेकाले दबाब दिन अभियान नै सुरु गर्न लागेको नेता जोशीले जानकारी दिए । ‘हामी सबै पक्षसँग लगातार छलफल गर्ने तयारीमा छौं,’ उनले भने, ‘सोमबार बसेको बैठकमा चुनाव हारको पनि समीक्षा भएको छ । बैठकले कार्यसम्पादन र संसदीय समितिलगायत निर्णयमा समेत विधान मिचिएको निष्कर्ष निकालेको छ ।’

कांग्रेसमा २९ सदस्यीय कार्यसम्पादन समिति छ भने टिकट वितरणका लागि २४ सदस्यीय संसदीय समिति बनाइएको छ । विधानमा बढीमा १४ सदस्यीय समिति हुने भने पनि २४ सदस्यीय संसदीय समिति निर्वाचनको टिकट बाँड्नु केही दिनअघि गठन गरिएको थियो ।

सोमबारको छलफलमा कतिपय नेताहरूले रामचन्द्र पौडेल र महामन्त्री कोइरालाकै आलोचनासमेत गरेका थिए । ‘बैठकमा पार्टी सभापति मात्र होइन, समूहकै शीर्ष नेताको पनि आलोचना भयो’, बैठकमा सहभागी एक नेता भन्छन्, ‘उहाँहरुले गल्ती स्वीकार गर्नुभएको छ ।’

बैठकमा धेरै नेताले चुनावी हारमा नेतृत्वको दोष रहेको धारणा राखेका थिए । सोमबार बसेको गुटको बैठकमा नेता पौडेलले त्यसबारे बोलेका थिए । समानुपातिकतर्फको सूचीलाई अन्तिम रूप दिँदा पौडेलसहितका नेताहरूले सभापति शेरबहादुर देउवाले बोलाएको कार्यसम्पादन बैठक बहिष्कार गरेका थिए ।

पौडेलपक्षकै नेता प्रदीप पौडैलले पार्टीको बैठक बस्नुअघि यस्ता छलफल र गोष्ठीहरू बढाउँदै जाने योजना रहेको सुनाए । ‘यस्ता छलफलबाट आएको कुरा पार्टीको बैठकमा राख्ने योजनामा छौं’, उनले भने । अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो