2026-07-24 10:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भान्जीको जालमा यसरी फसे सेनाका सहायक रथी

पुस २६, काठमाडौं । कृषि विकास बैंक न्यूरोड शाखाकी सहायक टेलर नागार्जुन १ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन्। प्रहरीले अनुसन्धान थाल्यो। खुल्यो , घटनाको मुख्य योजनाकार उनै रहिछिन्।

प्रहरीका लागि हिनामिना भएको रकम पनि खोज्नुपर्ने चुनौती थियो। प्रहरी अनुसन्धानमा लाग्यो। नेक्सस पहिल्याउँदै जाने क्रममा करिब ३३ लाख रूपैयाँ सेनाका सहायक रथी रमेश विष्टको बैंक खातामा भेटियो। प्रहरी चकित खायो। अब प्रहरीको अनुसन्धान सहायक रथी विष्ट र रेग्मीको सम्बन्धमा केन्द्रीत भयो। यो खबर आजको गज्जब साप्ताहिकमा टेकराज थामीले लेखेका छन्।

अनुसन्धानबाट खुल्यो, रेग्मी सहायक रथी विष्टलाई ‘मामा’ साइनो लगाउँदो रहिछन्र विष्ट पनि रेग्मीलाई भान्जी भन्दा रहेछन्। तर उनीहरूबिचको यो साइनो बाहिर देखाउनलाई मात्र रहेछ। खासमा उनीहरू प्रेमी प्रेमिका रहेछन्। त्यसो हँदा उनीहरूबीच अन्तरंग सम्बन्ध रहेछ। सोही सम्बन्धका आधारमा रेग्मीले बैंकबाट हिनामिना गरेको मध्ये करिब ३३ लाख रूपैयाँ विष्टको बैंक खातामा हालिदिएकी रहिछन्।

प्रहरी उच्च स्रोत भन्छ- विष्ट र रेग्मीबीच प्रेमी प्रेमिकाको सम्बन्ध रहेको खुलेको छ। उनीहरूबीच सबैखाले सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको हो। यो उनीहरूको निजी मामिला हो। 

यसमा हाम्रो भन्नु केही छैन। हामीले त अपराधको पाटो मात्र हेर्ने हो। यसमा जर’साबको पनि संलग्नता रहेको देखिएको छ।’ सेनाको हिरासतमा रहेका विष्ट र प्रहरी हिरासतमा रहेकी रेग्मी दुबै विवाहित हुन्।

सैनिक कानुन अनुसार प्रहरीले सेनासँग सम्बन्धित ज्यान मुद्दा बाहेक घटना अनुसन्धान गर्न मिल्दैन। त्यसो हुँदा रकम हिनामिनामा मुछिएका सहायक रथी विष्टको घटना प्रहरीले सेनालाई अनुसन्धान गर्न भनि प्रमाणसहित सबै फाइल पठायो। सेनाले उक्त घटनामा छानबिन थालेको छ। यसका लागि विष्टलाई हिरासतमा लिइएको छ। छानबिन पछि दोषि देखिए सैनिक ऐनअनुसार कारबाही गरिने सेनाको भनाई छ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारी सहायक रथी विष्टमाथि इन्क्वायरी सुरू भइसकेको बताउँछन्। ‘कृषि विकास बैंकको रकम हिनामिनामा सहायक रथी विष्टको संलग्नता हुनसक्ने आधार फेला पर्‍यो, प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो।सोही आधारमा उहाँमाथि इन्क्वाइरी थालिएको हो।’

कृषि विकास बैंक न्युरोड शाखामा चार करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान गरेको थियो । 

अनुसन्धानपछि शाखाकी सहायक ट्रेलर नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी घटनाकी मुख्य योजनाकारका रूपमा सिआइबीले पक्राउ गरेको थियो । हिनामिना भएको रकम खोज्दै जाने क्रममा ट्रेलर रेग्मीले सेनाका सहायक रथी डा. विष्टबारे बताएकी थिइन् ।

त्यसपछि सिआइबीले डा. विष्टमाथि अनुसन्धान केन्द्रित गरेको थियो । अनुसन्धानका क्रममा हिनामिना गरिएको मध्ये करिब ३३ लाख रुपैयाँ डा. विष्टको बैंक खातामा भेटिएपछि सिआइबीले आवश्यक कारबाहीका लागि सेनालाई पत्र काटेको थियो । सोही क्रममा सेनाले डा. विष्टलाई हिरासतमा लिई इन्क्वायरी थालेको हो । डा. विष्ट प्राविधिकतर्फका सहायक रथी हुन् ।

प्रहरीका अनुसार सहायक रथी डा. विष्टलाई घटनाकी मुख्य योजनाकार रेग्मी ‘मामा’ भन्ने गर्छिन् । प्रहरी स्रोतले भन्यो, ‘डा. विष्ट र रेग्मीबीच कनेक्सन देखिएपछि प्रहरी अनुसन्धानमा जुट्यो । खोज्दै जाने क्रममा रेग्मीले डा. विष्टलाई ‘मामा’ भन्दिरहिछिन् । उनीहरूबीचको सम्बन्ध वास्तविक हो या कृतिम त्यससम्बन्धमा अनुसन्धान हुँदै छ ।’

प्रहरीले घटनामा संलग्न काठमाडौं–३२ का ४७ वर्षीय प्रेमहरि ढुंगेल, टोखा–८ का ५६ वर्षीय गोपाल गिरी, चन्द्रागिरि–५ का ३९ वर्षीय महेश्वर मरहठ्ठा, काठमाडौं–१६ का ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं–३२ का ४२ वर्षीय रमेशकुमार थापालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेकमार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक