2026-09-21 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोडिँदै भारतीय एकाधिकार: चीनको इन्टरनेट नेपालमा, सस्तो छ कि महँगो ?

पुस २७, काठमाडौं । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । 

यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । यो खबर कृष्ण रिजालले आजको नयाँ पत्रिकामा लेखेका छन्।

नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदै छ । त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जनाउनेछ ।

दुई वर्षअघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटिजी) बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्गमा जोड्नेबारे सम्झौता भएको थियो । सोही सम्झौताअनुसार दुवैतर्फको अप्टिकल फाइबर एक–अर्कामा जोडिएका छन् ।

सम्पूर्ण परीक्षण सफल भएपछि अब व्यावसायिक सञ्चालन गरिने भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक’को औपचारिक उद्घाटन गर्ने टेलिकमले जनाएको छ ।

नेपालको स्थलमार्गबाट हुने दूरसञ्चारको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिने भएको छ । नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्ध हुने बाटो खुलेसँगै भारतीय एकाधिकार तोडिने भएको हो । 

विश्वव्यापी दूरसञ्चार नेटवर्कमा आबद्धताका लागि स्याटेलाइट र केबल गरी दुईवटा माध्यम छन् । हाल नेपालले दूरसञ्चारमा अन्तर्राष्ट्रिय आबद्धताका लागि एकभन्दा बढी मुलुकको स्याटेलाइट प्रयोग गरे पनि स्थलगत आबद्धता भने भारतबाट मात्रै हुँदै आएको छ । चीनसँग अप्टिकल फाइबरमार्फत जोडिएसँगै अब नेपालले भारतबाहेक चीनको बाटो हुँदै विश्व दूरसञ्चार सञ्जालमा जोडिने प्रवक्ता वैद्यले बताइन् ।

अघिल्लो वर्ष हङकङमा भएको सम्झौता कार्यक्रममा सिटिजीका कार्यकारी उपाध्यक्ष ओउ यानले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताएका थिए । 

चीनले हिमालय क्षेत्रमा बिछ्याएको अप्टिकल फाइबरबाट नेपाल र नेपाल हुँदै दक्षिण एसियाली मुलुकसँग आबद्धता हुन चाहेको जनाएको छ । यसका लागि चीनले नेपालसँगको अर्को कुनै एक नाकाबाट समेत इन्टरनेटमा आबद्धता हुन चाहेको टेलिकमका एक अधिकारीले बताए । 

‘चीन र भारतबीच सिक्किमबाट इन्टरनेट आबद्धता थियो, तर सुरक्षाका कारण त्यसलाई बन्द गरिएको छ,’ उनले भने, ‘चीनले नेपाल हुँदै भारत र दक्षिण एसियाली मुलुकमा जोडिन चाहेको बताउँदै आएको छ ।’

एसियामा इन्टरनेट डाटा सेन्टरको मुख्य हब सिंगापुर र हङकङलाई मानिन्छ । भारतको दिल्ली र मुम्बई पनि ठूला हब हुन् । हालसम्म नेपालको नेटवर्क भारतको चेन्नई हुँदै सिंगापुर पुग्छ र समुद्रीमार्गबाट अन्तर्राष्ट्रिय सञ्जालमा जोडिन्छ । 

अब चीनतर्फको नेटवर्क केरुङ, ल्हासा हुँदै हङकङ जोडिनेछ । चीनबाट जोडिने सञ्जाल भारतीयभन्दा निकै छोटो रहेको टेलिकमले जनाएको छ । दूरी छोटो भएकै कारण इन्टरनेट सेवा सस्तो हुनुका साथै स्तरीयसमेत हुने सरोकारवाला बताउँछन् ।

भारतले ०७२ मा लगाएको नाकाबन्दीपछि नेपालले इन्टरनेट व्यान्डविथका लागि समेत वैकल्पिक मार्ग खोज्नुपर्ने बहस सुरु भएको थियो । त्यसपछि संसदीय समिति र सरकारले टेलिकमलाई चीनतर्फबाट पनि दूरसञ्चारको अन्तर्राष्ट्रिय स्थल आबद्धतामा जोडिन निर्देशन दिएको थियो । 

संसद् र सरकारको निर्देशनपछि टेलिकमले भदौ ०७३ मै केरुङ नाकामा अप्टिकल फाइबर पुर्‍याएर चाइना टेलिकम ग्लोबलको अप्टिकल फाइबरसँग जोडिएको थियो । त्यसपछि मंसिर ०७३ मै दुई सेवाप्रदायकबीच आइपी सर्भिस आदान–प्रदानका लागि औपचारिक सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो