2026-09-22 02:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हराएका मोबाइल फोनले प्रहरी हैरान, यस्तो छ भेट्टाउने उपाय

पुस २९, काठमाडौं । ‘हाइटेक’ अपराधको चुनौति झेलिरहेका राजधानीका प्रहरी हराएका मोबाइल फोन खोज्नमा अल्मलिनुपरेपछि हैरानी परेका छन्।

हराएका मोबाइल फोन खोजिदिन भन्दै दबाब दिनेको संख्या दैनिक बढ्न थालेपछि प्रहरी हैरानीमा परेका हुन।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्ला दिनमा ७० देखि ८० वटा मोबाइल फोन हराएका उजुरी दर्ता प्रहरीमा हुन्छन्। कहिलेकाहीं त मोबाइल फोन हराएको उजुरी दिनेको संख्या सय नै पुग्ने गरेको छ ।

परिसरका प्रहरी प्रबक्ता एसपी रामदत्त जोशीले पछिल्ला दिनमा मोबाइल फोन हराएको उजूरी दिनेको संख्या बढेको बताए।

२५ सय देखि लाखरुपैंयाँसम्मका मोबाइल

प्रहरीका अनुसार २५ सय देखि एकलाख रुपैंयाँसम्मका मोबाइल फोन हराएको उजुरी पर्ने गरेको छ।

प्रहरीले हराएका मोबाइल आइएमइआई नम्बर ट्रेस गर्दा सिग्नल देखि मात्र मोबाइल पत्ता लाउने गरेको छ। नत्र प्रहरीको केही लाग्दैन। यसका लाग् टेक्नोलोजीमा विशेष दख्खल भएको ब्यक्ति चाहिन्छ।

प्रबक्ता जोशीले भने, ‘मोबाइलमा आइएमइआई नम्बर हुन्छ। यही आधारमा प्रहरीले हराएको मोबाइल खोज्ने हो। ट्रेस गर्दा सिग्नल देखियो भने फोन भेटिन्छ। नत्र भेटाउन सकिदैन। यसका लागि प्रविधिमा ज्ञान भएको स्मार्ट मान्छे चाहिन्छ।’ यद्यपी हराएका फोनमध्ये १० प्रतिशत मात्र भेटिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो