2026-09-22 02:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय (बिज्ञप्तिसहित)

पुस २९, काठमाडौँ । नेकपा एमालेले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार नबनेकालाई मात्र राष्ट्रिय सभामा उम्मेदवार बनाउने भएको छ । 

केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले तीनवटै तहको निर्वाचनमा उम्मेदवार बनेका राष्ट्रिय सभामा उम्मेदवार बन्न नपाउनेसहितका ६ बुँदे मापदण्ड बनाएको हो । २४ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदै छ ।

अाजको नयाँ पत्रिकामा खबर छ-कार्यबाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले आगामी ५ माघसम्म तोकिएको मापदण्डका आधारमा उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा सिफारिस गर्न प्रदेश संगठन कमिटीलाई निर्देशन दिएको छ ।

संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका उम्मेदवार बन्न योग्य रहेको पहिलो र दोस्रो मापदण्ड छन् । त्यस्तै,पार्टीसँगको वैचारिक आबद्धताका आधारमा समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका, भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवार चयन हुने मापदण्डमा उल्लेख छ ।

स्थानीय, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका र समानुपातिक सूचीमा नाम समावेश नभएका मात्र उम्मेदवार सिफारिसका लागि योग्य हुने तथा विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई सिफारिस गर्न सकिने मापदण्डमा भनिएको छ ।

सातवटै प्रदेशमा मतदाता प्रशिक्षण

एमालेले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचकमण्डलका सदस्यलाई प्रशिक्षण दिने भएको छ । एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा सातवटै प्रदेश संगठन कमिटीले प्रशिक्षण दिने व्यवस्था मिलाउने केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो