2026-09-22 02:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुशीको खबर ! नेपाल टेलिकमले फोरजी नेटवर्क सम्बन्धि गर्यो यस्तो निर्णय

पुस २९, काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले दूरसञ्चार पूर्वाधार विस्तारमा करिब २५ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । 

कम्पनीले हालसम्मकै सबैभन्दा ठूलो लगानी चौथो पुस्ताको मोबाइल प्रविधि (फोरजी) तथा एलटिई नेटवर्क विस्तार गर्ने भएको हो । यो खबर गोपाल साउदले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।

टेलिकमले कात्तिकमा एलटिई तथा फोरजी कोर नेटवर्क र ‘इभोल्भ्ड टेरेस्टेरियल रेडियो एक्सेस नेटवर्क’ आरएएन नेटवर्कको आपूर्ति, प्राप्ति र जडानका लागि छुट्टाछुट्टै रूपमा विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । 

उक्त बोलकबोलमा भाग लिएका कम्पनीको आर्थिक प्रस्ताव सोमबार र बिहीबार खोलिएको छ । सबै टेन्डरमा प्रायः चिनियाँ कम्पनीहरूको वर्चस्व देखिएको छ ।

जेडटिई र हुवावे दुई चिनियाँ कम्पनीले छुट्टाछुट्टै र सिंगापुरको माभिनियर तथा सिटियसले संयुक्त रूपमा टेलिकमको फोरजी कोर नेटवर्क विस्तारमा इच्छा देखाएका छन् । नेटवर्क विस्तारमा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको भए पनि बोलकबोल रकम न्यून हुँदा टेलिकमको २० अर्ब रुपैयाँभन्दा कम खर्च हुने देखिएको छ ।

दुई चरणमा सम्पन्न हुने नेटवर्क विस्तारबाट ६५ लाख ग्राहकलाई फोरजी उपलब्ध गराउने लक्ष्य लिइएको टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । ‘दुवै चरणका काम तत्कालै सुरु गरेर तोकिएको समयभन्दा छिटो फोरजी सेवा विस्तार गरिनेछ,’ उनले भनिन्, ‘अबको १ वर्ष नपुग्दै काठमाडौं र पोखराबाहिरका ग्राहकले फोरजी सेवा उपभोग गर्न पाउनेछन् र डाटामार्फत नै भिडियो र भ्वाइस सेवा सोझै उपलब्ध गराइनेछ ।’

दुवै चरणको नेटवर्क विस्तार तथा स्तरोन्नतिको कार्यक्रम सम्पन्न भएपश्चात् कम्पनीमा आमूल परिवर्तन आउने प्रबन्ध निर्देशक राजभण्डारीको दाबी छ ।

टेलिकमले कति पूर्वाधार थप्दै छ ?

टेलिकमले आरएएन नेटवर्कका रूपमा डेढ वर्षभित्र दुई चरणमा पूर्वाधारको निर्माण गर्दै छ । जसअनुसार पहिलो चरणमा ३ हजार ९ सय ७५ तथा दोस्रो चरणमा २ हजार ७ सय ६२ गरी मुलुकभर ६ हजार ७ सय ३७ बेस ट्रान्सरिसिभर स्टेसन (बिटिएस) जडान गर्नेछ । त्यस्तै फोरजी नेटवर्कको आधारका रूपमा ९ महिनाभित्रै मुलुकभर कोर नेटवर्क विस्तारको कार्य सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

पूर्वाधार विस्तारका क्रममा कम्पनीले ६ सय ४० वटा नयाँ टावरहरू थप गर्नेछ । टुजी प्रविधि मात्र रहेका स्थानहरूमा थ्रिजी प्रविधिमा नगई सोझै फोरजी प्रविधि सुरु गरिने कम्पनीकी प्रबन्ध निर्देशक राजभण्डारीले जानकारी दिइन् । ‘कुनै पनि सेवा नपुगेका ठाउँमा र टावर थप्नुपर्ने ठाउँमा नयाँ टावरहरू थपिनेछन्,’ उनले भनिन् ।

ठूला घर तथा अपार्टमेन्टमा छुट्टै सेल

सहरी क्षेत्रमा निर्माण भइरहेका ठूला–ठूला भौतिक संरचनाका कारण दूरसञ्चार नेटवर्कले राम्रोसँग काम गर्न सकिरहेको छैन । हाल घनाबस्ती तथा धेरै संख्यामा प्रयोगकर्ता रहेका ठाउँ, ठूला अपार्टमेन्ट, सपिङ मललगायतका संरचनाभित्र समेत टेलिफोन नेटवर्कले समस्या झेल्दै आइरहेका छन् । उक्त समस्या समाधानका लागि इन्डोर तथा आउट डोर कभरेज कायम गर्ने ‘स्मल सेल’को जडान गर्ने कार्यक्रम अगाडि बढाइएको राजभण्डारीले जानकारी दिइन् ।

आरएएन नेटवर्क विस्तारमा छनोट हुने कम्पनीले नै यस्ता ‘स्मल सेल’ उपकरणहरूको समेत आपूर्ति गर्नेछ । टेलिकमका अनुसार आएएन नेटवर्कसँगै दुई चरणमा कुल ५ हजार ८ सय २५ ‘स्मल सेल’ उपकरण जडान कार्य सम्पन्न हुनेछ ।

यस्ता छन् नेटवर्क विस्तारका प्रस्ताव

टेन्डर नम्बर १: कोर नेटवर्क

अनुमानित लागत ३ अर्ब ८० करोड रुपैयाँ

सम्पन्न गर्नुपर्ने कार्यः देशभर फोरजी कोर नेटवर्कको आपूर्ति, प्राप्ति र जडानको कार्य

दर्ता भएका प्रस्तावः

प्रस्ताव १: जेडटिई १ अर्ब ५३ करोड ६० लाख रुपैयाँ

प्रस्ताव २: माभिनियर २ अर्ब १० करोड रुपैयाँ

प्रस्ताव ३: हुवावे ३ अर्ब ३८ करोड रुपैयाँ तथा अपग्रेड अफर ९९ करोड रुपैयाँ

टेन्डर नम्बर २: ई–युटिआरएएन पहिलो खण्ड

फोरजी नेटवर्कका लागि आवश्यक ‘इभोल्भ्ड टेरेस्टेरियल रेडियो एक्सेस नेटवर्क’ तयार पार्न कम्पनीले कात्तिक २२ मा टेन्डर आह्वान गरेको थियो ।

अनुमानित लागतः १० अर्ब ८० करोड

दर्ता भएका प्रस्तावः

प्रस्ताव १: जेडटिई ९ अर्ब ९८ करोड ९० लाख रुपैयाँ

प्रस्ताव २: सिसिएसआई ८ अर्ब ४७ करोड ६० लाख रुपैयाँ

टेन्डर नम्बर ३: ई–युटिआरएएन दोस्रो खण्ड

सम्पन्न गर्नुपर्ने कार्यः पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा एलटिई आरएएन नेटवर्क तयार पार्ने ।

लागत अनुमानः १० अर्ब ३३ करोड

दर्ता भएका प्रस्तावः

प्रस्ताव १: जेडटिई ८ अर्ब ८९ करोड ६० लाख रुपैयाँ

प्रस्ताव २: सिसिएसआई ८ अर्ब २२ करोड १० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो