2026-09-22 02:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभामा एमाले, कांग्रेस र माओवादीका को–को हुन् दाबेदार ? (सुचिसहित)

माघ १, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । 

एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यको मतभारका आधारमा जित्ने सिटको प्रारम्भिक आकलन गर्दै त्यसअनुसार तालमेल गर्ने गरी छलफल अघि बढाएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

दुई पार्टीको कार्यदलको आइतबार बसेको बैठकले मतभार खेर नजाने गरी तालमेल गर्न दुवै दलले साना दलसँग समेत आन्तरिक छलफल गर्ने समझदारी गरेको छ।

‘स्थानीय तह र प्रदेश सभाको निर्वाचन परिणाम हेर्दा दुवै दलले पाएको सिट संख्यामा फरक–फरक प्रदेशमा बेग्ला–बेग्लै ट्रेन्ड देखिन्छ,’ छलफलपछि माओवादी नेता वर्षमान पुनले भने, ‘प्रदेश १ र ३ मा एमालेको बहुमत छ, २ बाहेक अरू प्रदेशमा वाम गठबन्धनको बहुमत रहेकाले फरक–फरक मापदण्डअनुसार सिट बाँडफाँड टुंग्याउनुपर्ने देखिएको छ, त्यसैले साना दलहरूसँग समेत छलफल गरेर ३ माघमा अन्तिम टुंगो गर्ने समझदारी भएको छ।’

एमालेका आकांक्षी

प्रदेश १ : अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवती भण्डारी, हरिशरण सिवाकोटी, कालुराम खम्बू, देवेन्द्र दाहाल, तिलकुमार मेयाङ्बो, गुरु बराल, ओम कोइराला, दीपक कार्की, उमेश डाँगी, लक्ष्मीनारायण चौधरी, मणिराज राई, कर्ण घले, अगम बान्तवा, विशेश्वरा दाहाल, टुन्जा बराइली, रामलाल शाह, गंगा डाँगी, गोपाल गुरागाईं

प्रदेश २ : सुमन प्याकुरेल, सुधीर साह, भोला घिमिरे

प्रदेश ३ : प्रदीप नेपाल, बेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा. गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण सिवाकोटी, देवी ज्ञवाली, शान्ति अधिकारी, सावित्रा भुसाल, सुशीला नेपाल, पार्वती रावल, जगन्नाथ आचार्य, मेघनाथ पौडेल, राजेन्द्र राजथला, प्रेम पराजुली, बाबुरत्न पोडे, सीताराम मास्के, बालकृष्ण गिरी,

माओवादीका आकांक्षी

प्रदेश १ : हेमराज भण्डारी, सावित्रीकुमार काफ्ले, बाबुराम गौतम र टंक राई

प्रदेश ३ : रामबहादुर थापा बादल, अमिक शेरचन, गंगाबहादुर कार्की, देवी खड्का, कृष्णप्रसाद सापकोटा र विमला सुवेदी

प्रदेश ४ : दीनानाथ शर्मा, रामराज रेग्मी, कोमल बराल, बलावती शर्मा

प्रदेश ५ : कुवेर ओली, विष्णु चौधरी, मानबहादुर बुढा, दलजित श्रीपाइली, मेघबहादुर श्रेष्ठ, चन्द्रबहादुर खड्का, जोखबहादुर महरा, सुरेन्द्र घर्ती, सीता आचार्य

प्रदेश ६ : मंगल शाही, मायाप्रसाद शर्मा, उर्मिला विक, टीका बुढाथोकी, डा. केबी रोकाय

प्रदेश ७ : हरि चौधरी, रमा ढकाल, सहदेव बोगटी, विनिता नेपाली, पदम जोशी, कौशिल्य ओझा

कांग्रेसका आकांक्षी

प्रदेश १ : केबी गुरुङ, गुरु घिमिरे, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, दीपकप्रकाश बास्कोटा, बद्रीनारायण चौधरी, दिपन श्रेष्ठ, नरेश श्रेष्ठ, विनोद बस्नेत

प्रदेश २ : कल्याण गुरुङ, रामकुमार चौधरी, मोहमद महताब आलम, शोभाकर पराजुली, अजय चौरसिया, अमिय यादव

प्रदेश ३ : मनमोहन भट्टराई, कृष्णा अमात्य, तीर्थ पसखल, बालचन्द्र शर्मा, विकास लामा, दुर्लभ थापा, ओमकारप्रसाद श्रेष्ठ, विष्णुदेवी पुडासैनी, धना खतिवडा

प्रदेश ४ : तारानाथ रानाभाट, रामचन्द्र पोखरेल, कमला पन्त, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, तुल्सीनारायण श्रेष्ठ, खगेन्द्र रेग्मी

प्रदेश ५ : बलदेव शर्मा मजगैयाँ, योगेन्द्र चौधरी, निरञ्जन श्रेष्ठ, महेन्द्र शर्मा, कृष्ण कार्की, किरण कोइराला

प्रदेश ६ : गोविन्द मल्ल, रवीन्द्र श्रेष्ठ

प्रदेश ७ : बद्री पाण्डे, प्यारेलाल राना, शिवराज भट्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो