2026-09-22 02:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पराजितलाई उम्मेदवार नबनाउन कांग्रेसमा दबाब, पौडेल र निधि इच्छुक !

माघ १, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार नबनाउन कांग्रेसभित्र दबाब बढेको छ । 

दुवै तहका निर्वाचनमा पराजित नाम चलेका धेरै नेताले फेरि पनि उम्मेदवारी दाबी गर्न सक्ने देखिएपछि उनीहरूलाई उम्मेदवार नबनाउन सभापति शेरबहादुर देउवामाथि दबाब बढाइएको छ । यो खबर रमेश सापकोटाले आजको नयाँ पत्रिकामा लेखेका छन्।

‘विगतमा समानुपातिकमा परेका नेतालाई यसपटक पनि राखिएकोमै धेरै विरोध छ,’ सभापति देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘पहिले पनि दोहोरिँदा असन्तुष्टि थियो । फेरि पनि उम्मेदवार भएकालाई पुनः उम्मेदवार नबनाउन केन्द्रीय समिति र बाहिरबाट दबाब आएको छ ।’

निर्वाचनमा पार्टीको नतिजा कमजोर भए पनि यसपटक नयाँलाई उम्मेदवार बनाउन दबाब परेको ती नेताले बताए । राष्ट्रिय सभामा ३५ वर्ष उमेर पुगेको, ख्यातिप्राप्त, देशका लागि योगदान गरेको, विषय विज्ञ व्यक्ति उम्मेदवार बन्न पाउने व्यवस्था छ ।

कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, अर्जुनरसिंह केसीलगायत नेताले पराजितलाई उम्मेदवार बनाउन नहुने बताउँदै आएका छन् । तर, नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधिसहितका नेताहरू भने यस विषयमा मौन छन् । उनीहरू सबै पराजित नेता हुन् ।

‘सिटौला, कोइराला र केसीले खुलेरै उम्मेदवार दोहोर्‍याउन नहुनेमा जोड दिनुभएको छ,’ अर्का एक केन्द्रीय सदस्यले भने, ‘रामचन्द्र दाइ र विमलेन्द्र दाइले विरोध नगर्नु भनेको उहाँहरू पनि राष्ट्रिय सभाका लागि इच्छुक रहेको हो कि भन्ने देखिन्छ ।’ यी दुईमध्ये पौडेल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने र निधि प्रदेश २ बाट निर्वाचन लड्न विकल्प रहेको ती नेताले बताए ।

उम्मेदवार दर्ता गर्ने दिन नजिकिँदा पनि कांग्रेसले उम्मेदवार छान्ने प्रक्रिया र मापदण्डका विषयमा छलफल गरेको छैन । प्रदेश प्रमुख र शपथ गर्ने कार्यालयको टुंगो लागेपछि पार्टीले उम्मेदवार चयनबारे छलफल गर्ने केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले बताए । 

‘प्रदेश प्रमुख र प्रदेश सभाको अस्थायी केन्द्रबारे प्रधानमन्त्री छलफलमा हुनुहुन्छ,’ उनले भने, ‘एक–दुई दिनमा यसको टुंगो लागेपछि उम्मेदवारबारे छलफल गर्छौँ ।’

एकल संक्रमणीय विधिमै निर्वाचन हुने भए पनि राष्ट्रिय सभाका निर्वाचित हुने ५६ सिटमध्ये कांग्रेसले बढीमा १० देखि १२ सिट जित्न सक्छ । जसमा प्रदेश १, २, ३, ४, ५ र ७ बाट प्रत्येकमा कम्तीमा दुई–दुई गरी १२ सिट जित्न सक्नेछ । प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचनमा नतिजा कमजोर आएकाले कांग्रेसमा उत्साह देखिएको छैन ।

थोरै सदस्य मात्रै जित्ने भएकाले पनि यो निर्वाचनबारे उत्साह नदेखिएको हुन सक्ने कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । ‘एकल संक्रमणीय हुँदा पनि कांग्रेसले हरेकबाट बढीमा दुईवटा जित्ने हो । परिणाम पनि उल्लेखनीय नआउने भएकाले उत्साह नदेखिएको हुन सक्छ,’ ती नेताले भने, ‘फेरि पनि खल्तीबाटै नाम निकाल्ने तयारी हो कि भन्ने देखिन्छ ।’

कांग्रेसले प्रदेश २ मा मधेसकेन्द्रित दलसँग तालमेल गर्नुपर्ने भएको छ । मधेसी दलहरू पनि कांग्रेससँग तालमेल गर्नैपर्ने अवस्थामा छन् । केन्द्रीय सदस्य महतले मधेसकेन्द्रित दलसँग तालमेलको प्रयास भइरहेको जानकारी दिए । अन्य प्रदेशमा भने तालमेल हुने सम्भावना कम रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो