2026-09-22 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा पेट्रोलियम पदार्थको मूल्य साढे तीन वर्षयताकै उच्च

माघ ४, काठमाडौँ । नेपालमा इन्धन निर्यात गरिरहेको भारतमा यतिखेर पेट्रोलियम पदार्थको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । 

भारतमा बुधबार पेट्रोलको मूल्य प्रतिलिटर ७१ रुपैयाँ ३९ पैसा भारु पुगेको छ । त्यस्तै, डिजेलको मूल्य ६२ रुपैयाँ ६ पैसा भारु पुगेको छ । भारतमा कायम भएको बुधबारको मूल्यसूचीअनुसार डिजेलले ऐतिहासिक रेकर्ड कायम गरेको छ । पेट्रोल भने साढे तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर पुगेको छ । तेल उत्पादक मुलुकहरूको संस्था (ओपेक)ले कार्बन उत्सर्जन गर्ने कम गर्ने भन्दै उत्पादन कटौती गरेका कारण विश्वभर नै इन्धनको मूल्यमा वृद्धि भइरहेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उतारचढाव आएपछि भारतले दैनिक मूल्य समायोजन गर्न थालेको छ । भारतले मूल्य समायोजन गरेर पठाउन थालेपछि नेपालले पनि १५–१५ दिनमा मूल्य समायोजन गर्नुपरेको नेपाल आयल निगमले जनाएको छ ।

सोहि अनुसार निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ बढाएको हो, नयाँ पत्रिकामा खबर छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो