<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>
2026-09-22 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभाको अध्यक्षमा ज्ञवाली र बादलको दाबेदारी

माघ ४, काठमाडौं । एमाले उपाध्यक्ष युवराज ज्ञवाली प्रदेश नम्बर ५ र माओवादी नेता रामबहादुर थापा ‘बादल’ले प्रदेश नं. ३ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। 

चितवन मतदाता भएका बादललाई माओवादीले खुला पुरुष कोटामा उम्मेदवारी बनाउन लागेको हो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रदेश ३ मा एमालेको एकल बहुमत रहे पनि वाम कार्यदलको बैठकमा उनलाई खुला कोटाबाट उम्मेदवार बनाउने गरी समझदारी भएको एक नेताले बताए। ‘एमालेकै नेताहरूको प्रस्तावमा उहाँ प्रदेश नं. ३ बाट खुला कोटामा उम्मेदवार बन्नुहुनेछ,’ माओवादीका एक नेताले भने, ‘पार्टीले अन्तिम निर्णय गर्न मात्र बाँकी छ।’ 

त्यस्तै, पदाधिकारीहरूमध्ये ज्ञवालीलाई मात्र राष्ट्रिय सभामा उम्मेदवार बनाउने तयारी गरे पनि एमालेले पनि निर्णय गरेको छैन। ज्ञवाली र बादल दुवै राष्ट्रिय सभाको सम्भावित अध्यक्षका रूपमा चर्चामा रहे पनि सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको बाँडफाँड टुंगिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो