८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस बैठकमा देउवामाथि आक्रोश- सभापति हुँ भन्दैमा धम्क्याउने ?

६ माघ २०७४, शनिबार ०२:०३

माघ ६, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । 

सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर देउवाले केही दिनअघि अनौपचारिक बैठकमा अनुशासनको कारबाहीको चेतावनी दिएपछि सिंह बैठकमै आक्रामक बनेका हुन् । यो खबर कुलचन्द्र न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन्।

‘पार्टी सभापति हुँदैमा हप्काउने, धम्क्याउने र कारबाही गर्ने धम्की दिने ? हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका व्यक्ति हौं । तपार्इंले कारबाही गर्ने भन्दैमा डराउने कुरै छैन,’ बैठकमा सिंहले भने, ‘कसले कारबाही गर्ने ? ल कारबाही गरेर देखाउनुहोस् ।’ सिंहले देउवा सिंगो पार्टीको सभापति बन्न नसकेको, केही व्यक्ति र समूहको मात्रै सभापति बनेको आरोपसमेत लगाए । 

‘सीमित मान्छेलाई राखेर पार्टी चलाउने अनि कारबाहीको धम्की दिने ?,’ बैठकमा सभापतिप्रति सबैभन्दा आक्रामक देखिएका सिंहले विधि र विधानविपरीत पार्टी सञ्चालन गर्दाको परिणाम नै निर्वाचनमा पार्टी पराजित हुनुपरेको बताएका थिए ।

समानुपातिक सांसदको सूची बुझाउँदा पार्टी सभापतिले नै केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गरेको सिंहको आरोप थियो । केन्द्रीय कार्यसमिति बैठकले सुजाता कोइरालाबाहेक समानुपातिकबाट सांसद भइसकेकालाई नदोहोर्‍याउने निर्णय लिएको थियो । स्वास्थ्यका कारण प्रत्यक्षमा चुनाव लड्न नसक्ने भएपछि कोइरालालाई समानुपातिकमा राख्न केन्द्रीय कार्यसमितिको बैठकले ‘अपवाद’ मानेको थियो । तर, सभापति देउवाले एकपटक मात्रै नभएर दुई पटकसम्म समानुपातिक सांसद भएकालाई समेत सूचीमा राखेको भन्दै सिंहले कडा विरोध गरे ।

यो मुद्दामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका सदस्यले समेत बैठकमा कडा विरोध गरेका छन् । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा देउवाले आफ्ना पक्षका आधा दर्जन बढीलाई दोहोर्‍याउन चाहेका छन् ।

‘केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गर्ने अधिकार तपार्इंलाई कसले दियो ?,’ सिंहको प्रश्न थियो, ‘तपाईलाई मैले भोट दिइन होला तर तपार्इं हाम्रो पनि सभापति हो । 

तपाईं एउटा समूहको मात्रै होइन, सबैको सभापति हुनुपर्छ ।’ उनले विधानविपरीत बनाइएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन गर्नुपर्ने माग दोहोर्‍याए । 

पौडेल पक्षले यी दुई समितिमा विधानको व्यवस्थाविपरीत जम्बो समिति बनाएको भन्दै विघटनको माग गर्दै आएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा रहेका मध्येबाटै पदाधिकारी बनाउने गरी बढी मनोनीत गरिएको तर्क दिइए पनि प्रवक्ता बाहिरबाटै बनाइएको भन्दै सभापतिले विधान मिचेको आरोप पौडेल पक्षीय सदस्यले लगाएका छन् । दुई समिति नै विधानविपरीत भएको भन्दै नेता शेखर कोइरालाले संसदीय समितिमा आफू नरहेको घोषणा बैठकमा गरेका थिए । 

कोइरालालाई केन्द्रीय कार्यसम्पादन समितिमा नल्याई संसदीय समितिमा राखिएको थियो । ‘विधानविपरीत गठन भएको ठहर भएपछि म आजैबाट यो समितिमा नभएको जानकारी गराउँछु,’ कोइरालाले भने । उनले संस्थागत र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नै पार्टीले निर्वाचनमा हार बेहोरेको बताएका थिए ।

केन्द्रीय सदस्य बलबहादुर केसीले पनि विधानविपरीतका दुवै समिति भंग गर्न माग गरे । देउवानिकट सदस्यले भने वरिष्ठ नेता पौडेलको सहमतिमै दुवै समिति बनाइएको भन्दै देउवाको प्रतिरक्षा गरेका थिए । 

‘रामचन्द्र पौडेलले भन्दैमा सभापतिले विधान मिच्न पाइन्छ ?,’ केसीको भनाइ थियो, ‘विधानविपरीतका यी दुवै समिति तत्काल भंग गर्नुपर्छ ।’ 

केन्द्रीय सदस्य जीवन परियारले नेतृत्वले यही ढंगले पार्टी सञ्चालन गर्ने हो भने कांग्रेसलाई लोकतान्त्रिक पार्टीको परिचय दिन पनि समस्या पर्ने बताए । ‘पार्टी जुन विधि र प्रक्रियाबाट सञ्चालन भइरहेको छ, यसैका कारण कमजोर बन्दैछ,’ उनले भने, ‘पार्टी सञ्चालनको कार्यशैली र विधि प्रक्रियासम्मत हुन सकेन ।’

बैठकमा केन्द्रीय सदस्य गगन थापाले पहिलो पुस्ताका नेतालाई अब विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरे । उनले अब पनि पहिलो पुस्तालाई नेतत्वमा राख्नु भनेको उहाँहरुका लागि पनि अन्याय हुने भन्दै विश्राम लिन आग्रह गरेका हुन । उनले निर्वाचन समीक्षाका लागि महासमिति र ‘अर्ली महाधिवेशन’ को माग पनि बैठकमा राखेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार