2026-07-25 04:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालले चढायो अर्कै समूहको रगत, बिरामीको दुवै मिर्गौला फेल

माघ ६, काठमाडौँ । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । 

रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । विश्वराज पछल्डङ्ग्याले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।

महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१ पुसमा अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पतालका स्वास्थ्यकर्मीले ‘बी’ पोजेटिभ चढाएका थिए । जसले उनको दुवै मिर्गौलाले काम गर्न छाडेको छ ।

रुमालाई अहिले भेरी अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहको छ । अस्पतालले आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च बेहोरिरहेको छ । तर, यहाँ उपचार सम्भव नभएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले बताए ।

शुक्रबारदेखि उनको स्वास्थ्य अवस्था झनै नाजुक बनेको छ । मुख सुनिएको छ, सहन नसक्ने गरी पेट दुख्न थालेको डा. आचार्यले बताए । उनलाई दुखाइ कम गर्ने कडा खालको औषधि दिइएको उनले बताए । ‘बिरामीको स्वास्थ्य अवस्थाको प्रकृति हेर्दा दिनप्रतिदिन जटिल बन्दै गएको छ,’ डा. आचार्यले भने ।

वीर अस्पताल रिफरको तयारी

भेरी अञ्चल अस्पतालमा उपचार सम्भव नहुने भन्दै चिकित्सकले काठमाडौं रिफर गर्ने तयारी गरेका छन् । ‘केही आशा अझै बाँकी रहेकाले डाइग्नोसिस भइरहेको छ,’ डा. आचार्यले भने, ‘भेरी अस्पतालका डाक्टर सा’बहरूले रिफर गरिसक्नुभएको छ, तैपनि केही गर्न सकिन्छ कि भनेर थप डाइग्नोसिस गरेर हेर्दै छौँ ।’ उनलाई काठमाडौंस्थित वीर अस्पताल रिफर गर्ने तयारी भइरहेको अस्पतालको भनाइ छ ।

निलम्बन भइन् नर्स

चिकित्सकले दिएको प्रेस्क्रिप्सनभन्दा विपरीत समूहको रगत दिने स्टाफ नर्स कल्पना विकलाई अस्पताल प्रशासनले निलम्बन गरिसकेको निमित्त मेसु आचार्यले बताए । उनले बिरामीले पाएको दुःखको क्षतिपूर्ति भर्न नसकिए पनि अस्पताल प्रशासनले बिरामीको निःशुल्क उपचार गर्ने बताए ।

यसरी भयो घटना

महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि गत २१ पुसमा बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूलाई परिवारले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भर्ना गरे । चिकित्सकले उनलाई गाइनोलोजी विभागमा भर्ना गरे । 

भर्ना भएकै रात उनलाई ‘ओ पोजेटिभ’ रगत दिइयो । स्वास्थ्यकर्मीले २२ पुस बिहान उनलाई थप एक पिन्ट (प्वाइन्ट) रगत दिनुपर्ने सल्लाह दिए । उनका बाबु राजु रगत लिन नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र गए । 

तर, उनलाई ‘ओ पोजेटिभ’को ठाउँमा ‘बी पोजेटिभ’ रगत दिएर पठाइयो । ‘मसँगै गएका अर्को व्यक्तिलाई ‘ओ’ र मलाई ‘बी पोजिटिभ’ रगत दिएर पठाइयो, मैले रगतको पोका दिनासाथ स्टाफ नर्सले रगत चढाउनुभयो, त्यसको केहीबेरमै छोरीको शरीरमा फोकाहरू देखियो,’ उनले भने ।

दुई सातासम्म गोप्य राखियो घटना

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले बिरामीलाई ठीक गर्न सकिन्छ कि भनेर दुई हप्तासम्म घटना गोप्य राखेको बताए । घटना लुकाउन नसकिने अवस्था आइसकेको उनले बताए । 

गाइनोलोजी विभागबाट आइसियूमा छोरीलाई ल्याएको भनिए पनि के कारणले ल्याएको हो जानकारी नदिएको रुमाका बाबु राजुले बताए । आफूलाई छोरीको स्वास्थ्य अवस्थाबारे जानकारी नभएको उनले बताए । ‘छोरीको स्वास्थ्य अवस्थाबारे अस्पताल प्रशासनले कुनै जानकारी नदिएर गोप्य राखेको छ,’ उनले भने ।

अस्पतालद्वारा लापरबाही भएको स्वीकार

कर्मचारीको लापरबाहीले रुमाको स्वास्थ्य बिग्रिएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले स्विकारे । 

चिकित्सकको प्रेस्क्रिप्सनभन्दा विपरीत समूहको रगत दिने र रगतको ब्यागमा उल्लेख गरिएको समूह नहेरेर रगत चढाउने स्टाफ नर्स दुवैको गल्ती भएको उनले बताए । ‘ब्लड बैंकका कर्मचारी र स्टाफ नर्स दुवैको गल्ती देखिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली