2026-09-22 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय दलमा देउवासँग भिड्दै प्रकाशमान

माघ ७, काठमाडौँ । रामचन्द्र पौडेल खेमाका प्रकाशमान सिंह देउवासँग संसदीय दलको नेताका लागि भिड्ने तयारीमा छन्।

कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ। प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै नेता बिजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचिको प्राथमिकताका आधारमा सांसद छनौंट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुने खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।

समाचार अनुसार रामचन्द्र पौडेल खेमाका प्रकाशमान सिंह देउवासँग संसदीय दलको नेताका लागि भिड्ने तयारीमा छन्। महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादको पनि दावी भए पनि सिंह नै उम्मेदवार बन्न सक्ने बताइएको छ।

अर्कातिर संसदीय दलको नेता जित्ने अवस्था नभए आफू नउठ्ने भएका कारण पनि सिंह नै संसदीय दलको नेताका लागि उम्मेदबार बन्ने लगभग पक्का भएको छ।

प्रत्यक्षतर्फ जितेका २३ मध्ये सभापति देउवा पक्षका नौ सांसद छन् । कांग्रेसले आयोगमा बुझाएको सूचीको प्राथमिकताअनुसार सांसद छानिए समानुपातिकतर्फबाट देउवा पक्षका २८ आउनेछन् । प्रत्यक्ष र समानुपातिक गरी देउवा पक्षका ३७ सांसद निर्वाचित हुनेछन् ।

प्रत्यक्षतर्फबाट पौडेल पक्षका ११ सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट पनि उनी पक्षका ११ सांसद आउने देखिन्छ । 

नेता कृष्णप्रसाद सिटौला पक्षका तीन सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट उनको पक्षका छनोट हुने सम्भावना कम छ । समानुपातिक उम्मेदवारको बन्दसूचीमा पहिलो नम्बरमा नाम रहेका उद्योगपति विनोद चौधरी भने कुनै पनि गुटमा खुलेका छैनन् ।

दलको नेतामा देउवाको तयारी

सभापति देउवा यसपटक पनि संसदीय दलको नेता बन्ने मनस्थितिमा छन् । प्रारम्भिक आकलनअनुसार संसदीय दलमा उनको पक्षमा सजिलै बहुमत पुग्ने पनि देखिन्छ । 

स्रोतका अनुसार संस्थापन पक्षले समानुपातिकतर्फबाट छानिने सांसदको पनि हिसाब गरेर प्रस्ट बहुमत आफ्नो पक्षमा आउने निष्कर्ष निकालिसकेको छ । 

यद्यपि, देउवानिकट नेता डा. प्रकाशशरण महतले भने प्रतिनिधिसभाको पूर्ण नतिजा आएपछि मात्र को उम्मेदवार बन्ने भन्ने टुंगो लाग्ने बताए । 

‘नतिजा नै आएको छैन । त्यसैले अहिले नै हामी संसदीय दलको हिसाबकिताबमा लागिसकेका छैनौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘परिणाम आएपछि बल्ल तयारी हुन्छ ।’

यसकारण उम्मेदवार बन्न चाहन्छन् प्रकाशमान

नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनको खेमाबाट महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष सीतादेवी यादव संसदीय दलको नेताका दाबेदार हुन् । 

त्यसमध्ये पनि सिंह प्रमुख दाबेदार हुन् । संसदीय दलमा जित्ने अवस्था नभए महामन्त्री कोइराला उम्मेदवार नबन्ने मनस्थितिमा छन् । 

तर, सिंह भने देउवाको प्रतिस्पर्धीका रूपमा आपूmलाई स्थापित गर्न पनि उम्मेदवार बन्न तयार छन् । ‘महामन्त्री कोइरालाले इच्छा नदेखाए प्रकाशमान दाइ उम्मेदवार बन्ने देखिन्छ,’ केन्द्रीय सदस्य कल्याण गुरुङले भने । 

केन्द्रीय समिति बैठकमा पनि नेता सिंह सभापति देउवाविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो