माघ ११, काठमाडौँ । प्रदेश १ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तर माओवादी केन्द्रका नरेन्द्र साह कलवार ले उम्मेद्वारी दिन पाएनन् | उनी १२ मिनेट ढिलो आइपुगेका थिए । नेपाली जनता दलका हरिचरण साहले ८ वटै पदमा उम्मेदवारी दिन उम्मेदवार र मनोनयनपत्र तयारी गरेका थिए ।

तर, मनोनयनपत्र दर्ता गराउने बेला उनका प्रस्तावक र समर्थक फेला परेनन् । तराई मधेस सद्भावना पार्टीबाट २०७० मा सभासद भएका नरेन्द्र साहले प्रतिनिधिसभाको चुनावमा सर्लाही–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

साह बुधबार मात्रै माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यका लागि अल्पसंख्यक समूहबाट सिफारिस भएका थिए । बिहान ९ बजे सिफारिस पाएका साह बुधबारै जनकपुर हान्निए ।

प्रदेश सांसद रामचन्द्र मण्डल र सर्लाहीका माओवादी केन्द्रका सचिव राजकुमार यादवले उनको मनोनयनपत्र निर्वाचन कार्यालयबाट लिएर तयार गरेका थिए । जनकपुर प्रवेश गरेका साह ट्राफिक जाममा परेपछि मोटरसाइकलमै निर्वाचन अधिकृत कार्यालय त पुगे तर १२ मिनेट ढिलो भइसकेको थियो ।

‘अन्तिम समयमा टिकट दिएर सहयोग गरेकाले माओवादी केन्द्रलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने, ‘निर्वाचन कार्यालयले कार्यालयभित्रै रहेका प्रस्तावक र समर्थकलाई समेत मनोनयन गर्न नदिनु दुर्भाग्य हो ।’

January 25, 2018
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
यसकारण यी दुई जनाले मनोनयन गर्न पाएनन्
By kit
3 मिनेट पढाइ