Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आफ्नै पत्नी आरजुलार्इ राष्ट्रियसभामा मनोनित गर्ने देउवाको प्रस्ताव

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ ११, काठमाण्डौ । राष्ट्रियसभामा मनोनित गर्नुपर्ने तीन जना सदस्य प्रधानमन्त्री शेरबहादुर देउवाले आफै मनोनित गर्ने गरी नयाँ प्रस्ताव गरेका छन् ।

कांग्रेसका सभापतिसमेत रहेका देउवाले एकजना महिलासहित तीन जना मनोनित गर्ने व्यवस्था भएअनुसार कांग्रेस, एमाले र माओवादीबाट एकएक जना पर्ने गरी मनोनित गर्ने प्रस्ताव एमाले र माओवादीलाई गरेका हुन् ।

अाजकाे रिपाेर्टस नेपालमा खबर छ- देउवाले कांग्रेसबाट आफ्नै पत्नी आरजु देउवा, एमालेबाट बामदेव गौतम र माओवादीबाट नारायणकाजी श्रेष्ठलाई मनोनित गर्ने प्रस्ताव गरेका हुन् । देउवाले एमालेका गौतम र माओवादीका श्रेष्ठलाई राष्ट्रियसभामा जान प्रस्ताव गरे पनि उनीहरुले स्विरकार भने गरि नसकेको बताइएको छ ।

संविधानअनुसार राष्ट्रियसभाका ५६ जना सदस्य प्रत्येक प्रदेशबाट ८ जनाको दरले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखको मतबाट निर्वाचित हुन्छन् । बाँकी ३ जनालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार वर्तमान शेरबहादुर देउवा नेतृत्वकै सरकारले तीन सदस्यको पनि सिफारिस गरेर राष्ट्रपतिमार्फत मनोनित गर्न खोजेको छ । तर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले भने तीन सदस्य अर्को मन्त्रिपरिषद आएपछि मनोनयन गर्नुपर्ने बताएको छ ।

तर देउवाले भने आफ्नी पत्नीलाई पनि राष्ट्रियसभाको सदस्य बनाउनका लागि एमाले र माओवादीका तर्फबाट एकएक जना दिएर सहमति गर्न खोजेका छन् ।राष्ट्रपतिबाट मनोनित हुने ३ सांसदमध्ये गोलाप्रथाबाट दुई वर्ष,४ वर्ष र ६ वर्ष कार्यकाल बाँडिनेछ ।