Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एक्लाएक्लै एकता वार्ता: यस्तो छ ओली र प्रचण्डको आ-आफ्नै दाउ

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

माघ १४, काठमाडौं । पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले-माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ-आफ्नै रणनीतिमा देखिएका छन्।

शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक-अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन् ।

सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो।

ओली-दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली-दाहालबीच अढाई घन्टा छलफल भएको थियो।

ओलीको चाहना पार्टी एकताभन्दा पहिले सरकार गठनमा छ। सरकार गठन प्रक्रियालाई पहिले सकेर आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने योजनामा उनी देखिन्छन्।

यसैकारण उनले पार्टी एकता र सरकार गठन प्रक्रियालाई पृथक् विषय बनाई अलग-अलग ढंगले अगाडि बढाउनुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन्।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा उनले यो विषयमा मुखै खोले, ‘सरकार बनाउने कुरा जनताको आदेश, मतादेशको कुरा र पार्टी एकता दुई पार्टीबीचको कुरा हुन्। यी दुई विषय पृथक् रूपमै अगाडि बढ्छन्।’

तर, दाहाल ओलीको यो भनाइसँग सहमत देखिन्नन्। उनले शनिबार नै चितवनमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकताको विषय आज-भोलि नै निष्कर्षमा पुग्ने र सरकार गठनअगाडि नै माओवादीको कुरा गर्ने हो भने जनभावनाअनुसार पार्टी एकता गर्ने भन्नेमा रहेको बताए।

‘जनभावनाको कुरा गर्दा सरकार गठनअगाडि नै पार्टी एकता गर्नुपर्छ भन्ने मेरो जोड छ,’ दाहालले चितवनमा भने।

फागुन पहिलो साता सरकार गठन प्रक्रियाले गति लिने भएपछि माओवादी अध्यक्ष दाहाल त्योभन्दा अगाडि नै पार्टी एकता प्रक्रिया अगाडि बढाएर एकीकृत पार्टीको नेतृत्व लिन खोजिरहेका छन्।

ओली प्रधानमन्त्री हुँदा उनले एकीकृत पार्टीको अध्यक्ष आफू हुनुपर्ने तर्क छलफलक्रममा अगाडि सारेका छन्। तर, एमाले दाहाललाई सहअध्यक्षमा मनाउने कोसिसमा लागेको छ।

‘दाहाललाई उच्चस्तरीय राजनीतिक संयत्रको संयोजक, एकीकृत पार्टीको सहअध्यक्ष र महाधिवेशनपछि अध्यक्ष बनाउने गरी मनाउने प्रयास गरिरहेका छौं,’ एमाले स्रोतले भन्यो।

तर, दाहाल उधारोमा अध्यक्ष लिने गरी एकताको पक्षमा छैनन्। उनको चाहना अहिले नै एकीकृत पार्टीको नेतृत्वमा पुग्ने देखिन्छ।

ओली-दाहाल भेट अझै नटुंगिएको माओवादी नेता चक्रपाणि खनालले बताए। दाहालबाट पछिल्लो प्रगति सुनेका नेता खनालले शुक्रबार साँझको बैठक पनि टुंगोमा पुगिनसकेको बताए।

‘उहाँहरू (एमाले) नेतृत्वमा अझै पनि अडानमा देखिनुभएको छ, हामी पनि सबै सुम्पिएर एकतामा जाने कुरा छैन, कुरा मिलिसकेको छैन, अझै छलफल जारी छ।’

शुक्रबारको गोप्य छलफल पनि निर्णायक हुन नसकेपछि ओली-दाहालबीच आइतबार पुनः एक्लाएक्लै छलफलको तयारी हुँदै छ। दुई नेता अब छलफललाई निर्णायक बनाई पार्टी एकता प्रक्रियालाई निर्णायक बनाउने योजनामा छन्। दाहालले चितवन कार्यक्रममा भने, ‘आज-भोलि नै निर्णायक वार्तामा बसी निष्कर्षमा पुगिन्छ।’

सरकार गठनअगाडि पार्टी एकता नभए पहिलो चरणमा सरकारमा सहभागी नभई बाहिरै बसेर ओली नेतृत्वको सरकारलाई सहयोग गरेर जाने कि भन्ने विकल्पमा पनि माओवादीभित्र छलफल चलेको छ।

‘पार्टी एकता नभई सरकारमा सहभागिताको विषयमा माओवादीले पर्खने हुन सक्छ,’ ती नेताले भने, ‘पार्टी एकतापछि मात्र सरकारमा सहभागी हुने नीति अवलम्बन गर्ने विषयमा पनि छलफल भएको छ।’