By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    10 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    13 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    14 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    14 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    17 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    17 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रदेश सरकार मातहत नबस्ने सीडीओको चेतावनी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > प्रदेश सरकार मातहत नबस्ने सीडीओको चेतावनी
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

प्रदेश सरकार मातहत नबस्ने सीडीओको चेतावनी

साझासवाल
Last updated: January 29, 2018 1:56 am
साझासवाल
4 Min Read
Share

माघ १५, काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकार मातहत राख्न माग गरेका छन्। 

सीडीओ केन्द्र सरकार मातहत रहने गरी कानुन संशोधन नगरे प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्। ७७ जिल्लाका सीडीओले आफूहरूको सुझावविपरीत जिल्ला प्रशासन कार्यालयलाई प्रदेश सरकार मातहत राखिए प्रदेश सरकारलाई ‘असहयोग’ गर्ने चेतावनी दिएका हुन्। यो खबर टपेन्द्र कार्कीले आजको राजधानीमा लेखेका छन्।

सीडीओहरूको यो चेतावनीसँगै प्रदेश सरकार र जिल्ला सुरक्षा प्रमुखहरूबीच अधिकार क्षेत्रबारे द्वन्द्व हुने देखिएको छ। केन्द्रको प्रतिनिधि प्रमुख जिल्ला अधिकारीले गर्ने भएकाले उनीहरू प्रदेश सरकार मातहत नरहने बताउँदै आएका छन्।

गृह मन्त्रालयको औपचारिक÷अनौपचारिक छलफलमा सीडीओहरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकार मातहत राख्न दबाब दिँदै आएका छन्। ‘जिल्ला प्रशासन कार्यालयहरूलाई केन्द्र सरकारअन्तर्गत रहने गरी कानुन बनाउन सुझाव दिइएको छ, अहिले केही बिग्रेको छैन। प्रदेश सरकार बनेपछि समस्या आउने भएकाले त्यस्तो सुझाव दिइएको हो,’ एक सीडीओले भने।

नेपाल सरकारले तय गरेको मर्यादाक्रममा पनि उनीहरूले आपत्ति जनाएका छन्। नेपाल सरकारको सहसचिव र नगरपालिका प्रमुखको मर्यादाक्रम बराबर राखिएपछि उनीहरूले त्यसलाई सच्याउन आग्रह गरेका हुन्।

‘एउटा जिल्लामा एउटा मात्रै सीडीओ हुने जिल्लाभर विभिन्न कार्यक्रममा उसको सहभागिता हुँदा जिल्लामा रहेका निर्वाचित नगर प्रमुखहरूको मर्यादा क्रममा पनि सोही बराबर हुँदा अप्ठ्यारो भएको छ,’ ती सीडीओले भने।

गृह मन्त्रालयले तय गरेको मर्यादा क्रमको १९ नम्बरमा नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक जिल्ला न्यायाधीश, उपमहानगरपालिका प्रमुख, नगरपालिका प्रमुख राखिएको छ। त्यसमा प्रमुख जिल्ला अधिकारी पनि पर्ने भएकाले सो विषयमा पनि सीडीओहरूले आपत्ति जनाएका हुन्।

प्रदेश सरकारसँग समन्वय र केन्द्र सरकारसँग जवाफदेही रहने गरी सीडीओको अधिकारक्षेत्र जवाफदेहितासम्बन्धी कानुन बनाउनुपर्ने उनीहरूको माग छ। आन्तरिक र बाह्य सुरक्षा तथा कानुन कार्यान्वयन गर्ने निकायको सुझाव कार्यान्वयन नगरिए आगामी दिनमा जटिलता सिर्जना हुने उनीहरूको धारणा छ।

देशभरका सीडीओ समन्वय अधिकारीका रूपमा प्रदेश सरकारसँग जवाफदेही हुने र आदेश पालना केन्द्रीय गृह मन्त्रालयअन्तर्गत रहनुपर्ने अडानमा रहेको गृह मन्त्रालय उच्च स्रोतले जानकारी दियो।

गृह मन्त्रालयका सहप्रवक्ता उमेश ढकालले स्थानीय प्रशासन ऐन संशोधनका लागि कानुन मन्त्रालयमा गएको बताउँदै सो विषयमा कुनै पनि आपत्ति नजनाएको बताए। ‘नेपाल सरकारले खटाएको स्थानमा जानुपर्छ, काम गर्नुपर्छ, अहिले जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालय मातहत नै भएकाले समस्या आएको छैन,’ उनले भने।

सीडीओहरूले राहदानी तथा नागरिकता वितरण, सीमा सुरक्षालगायत राष्ट्रियतासँग जोडिएकाले यस्ता विषय प्रदेश सरकारअन्तर्गत रहनै नसक्ने बताउँदै आएका छन्।

गृह मन्त्रालयका अधिकारीहरू पनि सीडीओहरूलाई केन्द्र सरकारअन्तर्गत नै राख्नुपर्ने पक्षमा छन्। गृह मन्त्रालयले यसअघि नै संघीय संरचनाअनुसार स्थानीय प्रशासन ऐन संशोधनसम्बन्धी मस्यौदा स्वीकृतिका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ।

संघीय संरचनाको मर्मअनुरूप हुने गरी स्थानीय प्रशासन ऐन २०२८ संशोधन गर्न कानुन मन्त्रालयमा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ। राहदानी, नागरिकता र सीमा सुरक्षा राष्ट्रियता र सार्वभौम मुलुकका महŒवपूर्ण पक्ष भएकाले प्रमुख जिल्ला अधिकारी प्रदेश वा केन्द्र सरकार कहाँ रहने भन्ने विषय गम्भीर रूपमा उठेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गृह मन्त्रालयको जिल्ला नेतृत्वसमेत सीडीओ नै भएकाले यस्तो अधिकारीलाई प्रदेश सरकारअन्तर्गत राख्न नहुने गृहको धारणा छ। भारत, पाकिस्तान, बेलायतलगायतका मुलुकले पनि प्रदेश र स्थानीय सरकारअन्तर्गत दिइएका अधिकार क्रमशः केन्द्र मातहत ल्याएको भन्दै नेपालमा पनि प्रमुख जिल्ला अधिकारीलाई हतारमा प्रदेशअन्तर्गत राख्न नहुने मन्त्रालयको छ।

नागरिकता र राहदानी आतंकवादी समूहले दुरुपयोग गरेको भन्दै पाकिस्तान सरकारले केही वर्षअघि मात्रै त्यहाँको प्रान्तीय सरकारअन्तर्गतका अधिकार कटौतीसहित राहदानी र नागरिकता दुरुपयोगको अनुसन्धान गर्ने जिम्मा केन्द्र सरकारअन्तर्गत ल्याएको थियो। भारतले समेत केन्द्र सरकारको प्रतिनिधिका रूपमा ‘डिस्ट्रिक मजिस्ट्रेट’ (जीएम)लाई जिल्ला प्रशासन प्रमुख बनाएर खटाउँदै आएको छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article केरुङ–काठमाडौं रेलमार्गमा नेपालले चासो दिएन
Next Article सात एआइजी फिर्ता हुने, फिर्ता भएका जिम्मेवारीविहीन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल

8 months ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

बास्कोटाका योजनाकार पौडेल अमेरिका उडे

57 years ago
काठमाडौँ - KTMराजनीति

आर्थिक रुपान्तरणका लागि ढोका खुल्यो: राष्ट्रपति

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

सामसुङले ल्यायो नयाँ ग्यालेक्सी A8 र A8+ (मूल्य कति ?)

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?