2026-09-22 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेत गएकी रोल्पाकी एक महिलाको साउदीमा मृत्यु

माघ १५, काठमाडौँ । सरकारको श्रम स्वीकृतिमा सफाइ कामदार (क्लिनर) का रूपमा कुवेत गएकी रोल्पा, रातामाटा–४, पाखापानीकी ३३ वर्षीया चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको छ ।

खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी अरब लगिएको थियो । उनको शव राजधानी रियादबाट झन्डै हजार किलोमिटर टाढा वादी अलदवासरस्थित सरकारी अस्पतालमा राखिएको छ । 

त्यस क्षेत्रमा कार्यरत एकराज कठायत, रामचन्द्र मैनाली र याम मगरले शवबारे नेपाली दूतावासलाई जानकारी दिएपछि खत्रीको अवस्था बाहिर आएको हो ।

नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले अस्पतालसँग मृतक चिन्ताकुमारीको साहु (स्पोन्सर) को नाम, मेडिकल रिपोर्ट र मृतक प्रमाणपत्र लिइसकिएको बताए । 

अस्पतालले उच्च ज्वरो भएको अवस्थामा खत्रीलाई उपचारका लागि ल्याएको जनाएको छ । ‘निकै गम्भीर अवस्थामा अस्पताल ल्याइएको रहेछ । अस्पतालको आईसीयू कक्षमा उपचार थालेको आधा घण्टामै मृत्यु भएको रेकर्ड छ,’ शर्माले भने, ‘शव पठाउन मृतकका परिवारसँग समन्वय भइरहेको छ ।’

चिन्ताकुमारीलाई कुवेतबाट साउदी ल्याउने स्पोन्सर (साहु) भने कुवेत फर्किसकेका छन् । स्पोन्सरले अस्पताललाई जिम्मा लगाएरकुवेत फर्केका हुन् । दूतावासले स्पोन्सरसँग सम्पर्क गर्ने प्रयास भइरहेको जनाएको छ ।

वैदेशिक रोजगार विभागले २०७३ मंसिर १५ मा उनलाई कुवेतको केएफसी कम्पनीको क्लिनरमा काम गर्न व्यक्तिगत श्रमस्वीकृति दिएको थियो । उनलाई एजेन्टले क्लिनर काममा नभई घरेलु कामदारमा पठाएको खत्रीका बाबु धनीराम डाँगीले बताए । यो खबर आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो