By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    15 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    18 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एमाले र माओवादीबीच पार्टी एकता जटिल बन्दै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > एमाले र माओवादीबीच पार्टी एकता जटिल बन्दै
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

एमाले र माओवादीबीच पार्टी एकता जटिल बन्दै

साझासवाल
Last updated: January 30, 2018 1:28 am
साझासवाल
5 Min Read
Share

माघ १६, काठमाडौं । नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एमाले माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो। 

Contents
  • आ आफ्नै चासो
  • फेरि उठ्यो जबजको विषय

तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन्। दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि पहिलेभन्दा गिजोलिन थालेपछि एकता कठिन देखिन थालेको हो।

१७ असोजमा वाम गठबन्धन घोषणा गर्दा दुई शीर्ष नेताले पार्टी एकतासम्म जाने लक्ष्य लिए पनि यो बिन्दुमा आइपुग्दा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको पदीय व्यवस्थापन पेचिलो बन्दै गएको छ। 

एक माओवादी शीर्षस्थ नेताका भनाइमा, ‘दुई पार्टी एकता अहिले एकीकृत पार्टीको अध्यक्षमा आएर अड्किएको छ।’ यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्ण पोष्टमा लेखेका छन्।

नयाँ सरकारको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै ओलीले लिन खोज्दा एकतामा ढिलाइ हुन पुगेको माओवादीको भनाइ छ। एमालेले यो विषयमा अझै निष्कर्षमा पुगिनसकेको बताएको छ। 

एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘नेतृत्वले भित्री तहमा गरेका छलफलबारे प्रस्ट थाहा नपाएर कतिपय नेताले फरक खाले विचार प्रवाह गरिरहनुभएको छ, यथार्थ त्यस्तो होइन।’ उनले अन्तिम घडीमा विभिन्न खाले चिन्ता र रस्साकस्सी चल्नु अनौठो नभएको भन्दै त्यसलाई एकतामै अप्ठ्यारो पर्न लागेको अर्थमा बुझ्न नहुने बताएका छन्।

आ आफ्नै चासो

दाहाल पार्टी अध्यक्ष आफूले नपाएसम्म एकीकरणमा जान चाहेका छैनन्। ओली सकभर दाहाललाई मनाएर महाधिवेशनबाट मात्रै पार्टी अध्यक्ष दिने तर अहिले आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै राख्ने कोसिसमा छन्। ओलीले दाहालसँगको एक्ला एक्लै छलफलका क्रममा सीधै अध्यक्ष दाहाललाई दिन नसकिने भनेर मुख भने नखोलेको एमाले स्रोतको दाबी छ।

यद्यपि, उनले आफू नबोले पनि आफूनिकट नेताहरूमार्फत पार्टी अध्यक्ष तत्काल दाहाललाई दिन नसकिने सन्देश भने प्रवाहित गरिरहेका छन्। माओवादी भने एकताको सन्देश प्रवाह गर्नकै लागि भए पनि ओलीलाई प्रधानमन्त्री र दाहाललाई पार्टी अध्यक्ष दिनुपर्ने अडानमा छ।

‘हाम्रो बटमलाइन पार्टी अध्यक्ष र प्रधानमन्त्री दुई पार्टीका अध्यक्षहरूले भागबन्डाका आधारमा गर्ने भन्ने नै हो’, माओवादीका ती नेताले भने, ‘चुनावको जनादेशका आधारमा ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टी अध्यक्ष हुने गरी पार्टी एकता गर्ने कुरा माओवादीको हो।’

माओवादी नेताहरूको भनाइ मान्ने हो भने, चुनावी गठबन्धन निर्माणकै बेला निर्वाचनपछि सरकारको नेतृत्व ओली र एकीकृत पार्टी अध्यक्ष दाहाल बन्ने गरी अढाई वर्षमा दुवैतिरको नेतृत्व आलोपालो गर्ने गरी ७ बुँदे सहमति दुई पार्टीका शीर्ष तहमा भएको थियो। तर, त्यो सहमतिअनुसार एकीकृत पार्टी अध्यक्ष पनि ओली आफैंले छाड्न नचाहेका कारण एकतामा ढिलाइ हुन पुगेको हो।

दुई अध्यक्षबीच शुक्रबार र आइतबार भएको एक्लाएक्लै छलफलमा पनि निष्कर्ष पाउने गरी कुराकानी हुन नसकेको माओवादी नेताहरूको बुझाइ छ। ‘दुई अध्यक्षको पदीय व्यवस्थापन र ‘जबज’ को विषयले एकता प्रक्रिया अप्ठ्यारोमा पर्न थालेको देखिन्छ,’ माओवादीका ती नेताले भने। एमालेले राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्षसम्म अहिले आफैंले लिन चाहेको छ। 

अझ उसले व्यवस्थापिका संसद् (प्रतिनिधिसभा) को सभामुखमा पनि दाबी गर्न थालेपछि माओवादी हच्किएको हो तर एमालेले भने यी सबै विषयमा छलफल भइनसकेको बताएको छ।

‘भागबन्डाको विषय अहिले नै सबै छलफलका क्रममा आइसकेको छैन’, एमालेका अर्का नेताले भने, ‘अझै छलफल दुई अध्यक्षबीच जारी छ। विभिन्न विकल्पमा बहस भइरहेको छ।’

फेरि उठ्यो जबजको विषय

स्रोतका अनुसार एमाले माओवादी पार्टी एकतामा दुवै पार्टीले अँगाल्दै आएका मार्गनिर्देशक सिद्धान्तको विषयलाई तगारो नबनाउने सहमति थियो। पार्टी एकताको सैद्धान्तिक सहमति गर्दा नै दुवै पार्टीले अँगाल्दै आएका जनताको बहुदलीय जनवाद (जबज) र माओवादलाई एकताको महाधिवेशनसम्म छलफलमा लैजाने र महाधिवेशनबाट टुंगो लगाउने सहमति थियो। तर, अहिले एमालेले जबज छाडेर महाधिवेशनमा जान नसकिने बताउन थालेको छ।

आइतबार ओली दाहालबीचको झन्डै पाँच घण्टा लामो संवादका क्रममा पनि ओलीले जबजलाई अहिले नै कुनै न कुनै रूपमा स्वीकार गरेरै पार्टी एकताको वैचारिक राजनीतिक आधार तयार पार्नुपर्ने तर्क राखेका थिए। 

ओलीसँगको भेटपछि दाहालले आफूनिकट नेताहरूलाई गरेको बिफ्रिङमा एमालेले ‘जबज’ लाई महाधिवेशनमा लैजानेभन्दा पनि पहिले नै आधार बनाउने कुरा ल्याएको बताएका थिए।

दाहालको ब्रिफिङ सुनेका माओवादीका ती शीर्ष नेताले थपे, ‘सिद्धान्तको आवरणमा अहिले एमाले नेताहरू पार्टी एकतामा अप्ठ्यारो ल्याउन खोज्दै छन्।’ एमाले नेताहरूका पछिल्ला अभिव्यक्तिबाट माओवादी संशकित बनेका छन्।

सरकार गठनलाई पहिले एमाले नेताहरूले जोड लगाउन थालेपछि माओवादी नेताहरू संशकित हुन थालेका हुन्। ‘उहाँहरू पहिले सरकार बनाइहालौं, एकता हेर्दै जाउँला भन्नेमा देखिनुहुन्छ’, माओवादी नेताले भने।

ओली पक्ष अहिले दाहाललाई अध्यक्ष दिनै चाहँदैनन्। दाहाललाई अध्यक्ष दिँदा आफ्नै पार्टीभित्रका माधव नेपाल, वामदेव गौतम समूहसँग मिलेर दाहालले आफ्नो पक्षलाई अल्पमतमा पार्ने हुन् कि भन्ने संशयमा ओली देखिन्छन्। 

उता, दाहाल पनि अध्यक्ष छाडेर एकतामा जाँदा आफू कहिल्यै नेतृत्वमा आउन नसक्ने बुझाइमा देखिन्छन्। यो जटिलता बुझे पनि दुवै पार्टी अध्यक्ष एकता प्रक्रिया बाहिर भने गइसकेका छैनन्।

‘ओली दाहाल दुवैलाई एकता प्रक्रियाबाट भाग्ने छुट छैन’, माओवादीका ती नेताले भने, ‘वातावरण केही बिग्रन खोजेजस्तो देखिएको छ तर जनताकै बीचबाट दुई पार्टी एकता गर्ने सार्वजनिक घोषणा भएकाले पनि एकताबाट भाग्ने अवस्थामा दुवै पार्टी अध्यक्ष देखिनुहुन्न।’

Share This Article
Facebook Email Copy Link Print
Previous Article एमाले-माओवादी ‘पार्टी एकता र सरकार गठन सँगसँगै’
Next Article गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

सुन-चाँदीको मूल्य घट्यो

5 days ago
काठमाडौँ - KTMराजनीतिस्याङ्गजा - SNJ

कांग्रेस बैठकमा कुटाकुट, घाइतेलाई काठमाडौं ल्याइयो

57 years ago
काठमाडौँ - KTMसमाजसर्लाही - SLH

सर्लाहीमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

57 years ago
काठमाडौँ - KTMसमाज

काठमाण्डौबाट पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?