Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सुत्केरीको गुप्तांगमा प्याडसहित टाँचा

By kit

माघ १६, काठमाडौँ । जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे ।

उनी सामान्य रुपमै सुत्केरी भइन्। सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो। सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन। पछिल्लो दिन झन बढी पीडा हुन थाल्यो।

आजको अन्नपूर्ण पोष्ट अगाडि लेख्छ- ‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले भनिन्। त्यो दुखाईबारे नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्काए, पीडा त भइहाल्छनी।

उनको गुप्तांग भित्र प्याड राखेर टाँका लगाइएको रहेछ। त्यो प्याड सुत्केरी भएको १२ औं दिनमा मात्र निकालिएको थियो।