2026-09-22 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीको सन्देश बोकेर सुष्मा आउँदै: मिसन-‘वाम गठबन्धनसँग मित्रता’

माघ १८, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज बिहीबार अपराह्न काठमाडौं आउँदै छिन् । 

वायुसेनाको विशेष विमानमा दुई दिनका लागि आउन लागेकी उनीसँग नवनियुक्त विदेशसचिव विजय केशव गोखले र सहसचिवद्वय सुधाकर दलेला र रबिस कुमार पनि हुनेछन् ।

अाजको नयाँ पत्रिकामा खबर छ-कूटनीतिक स्रोतका अनुसार औपचारिक घोषणा नगरिए पनि प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा स्वराजको भ्रमण हुन लागेको हो । अपराह्न साढे ३ बजे विदेशमन्त्री स्वराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । 

उनलाई विमानस्थलमा परराष्टसचिव शंकरदास बैरागी र भारत डेस्क हेर्ने सहसचिव भृगु ढुंगाना र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीले स्वागत गर्नेछन् । स्वराजले विहीवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रात्रीभोजसहित भेटवार्ता गर्ने कार्यक्रम छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी दलका नेतासँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री स्वराजले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको देउवाका विदेश मामिलासम्बन्धी सल्लाहार डा. दिनेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीसँग भेटवार्तापछि शीतलनिवास गएर स्वराजले राष्टपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्टमन्त्रालयले बुधवार विज्ञप्ति जारी गरी स्वराजको भ्रमण हुन लागेको औपचारिक जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले भने सोमवारै स्वराजको भ्रमण सार्वजनिक गरिसकेको छ । परराष्ट मन्त्रालयको भारत डिभिजन प्रमुख भृगु ढुंगानाले राष्टपति र प्रधानमन्त्रीसँग भेटवार्ताका लागि मन्त्रालयले सहजीकरण गरेको तर राजनीतिक नेतृत्वसँगको भेटवार्ताबारे थाहा नभएको बताए ।

स्वराज भ्रमणको प्रमुख उद्देश्य वाम गठबन्धनसँग सम्बन्ध सुधार र सहकार्य

स्वराज भ्रमणको प्रमुख उद्देश्य नेपालमा निर्वाचनपछि वाम गठबन्धनले ल्याएको बहुमतसँगै उससँग सम्बन्ध सुधार र सहकार्य गर्ने रहेको जानकार बताउँछन् । 

पछिल्लो जनमतका आधारमा आउँदो सरकारसँग सहकार्य गर्ने सन्देश बोकेर स्वराज आउन लागेको भारतको रक्षा मन्त्रालयसम्वद्ध थिंकट्यांक आइडीएसएका नेपाल मामिला जानकार डा. निहार नायकले बताए । 

विगतमा कर्मचारीतन्त्रबाट भएको गल्तीका कारण सम्बन्धमा तीतोपन आएकोले सुधारका लागि राजनीतिक तवरबाटै प्रयास थालिएको अर्थमा यसलाई लिनुपर्ने पनि उनको भनाई छ ।

एमाले नेता डा. राजन भट्टराईले स्वराजको भ्रमणलाई अन्यथा लिन नमिल्ने भन्दै भ्रमणबारे उनी आइसकेपछि मात्रै भन्न सकिने बताए । उनले भने, अहिले उहाँ आउन लाग्नुभएको छ । 

राजनीतिक नेतृत्वसँग उहाँले के सन्देश दिनु हुन्छ, के कुराकानी हुन्छ, त्यसका आधारमा मात्रै यो भ्रमणको महत्वबारे भन्न सकिन्छ । तर राजनीतिक तहमा सम्बन्ध सुधार गर्नै सहकार्य गर्ने भारतको इच्छालाई सकारात्मकरुपमा नै लिनुपर्ने उनको भनाई थियो ।

कतिपयले स्वराजको यो भ्रमणलाई नयाँ सरकार गठनलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तयारीका रुपमा पनि बुझेका छन् । मोदीले यसअघि अरुण तेस्रो जलविद्युत आयोजना सिलान्यास गर्ने, जनकपुर र लुम्बिनी भ्रमण गर्ने गरी नेपाल आउने तयारी भएको थियो । तर, नेपालमा वाम गठबन्धन निर्माणसँगै उनको भ्रमण तयारीकै क्रममा रोकिएको थियो ।

स्वराजको भ्रमणबारे भारतीय प्रधानमन्त्री मोदीले ७ माघमा टेलिफोन वार्ताका क्रममा एमाले अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । ओलीका विदेश मामिलासम्बन्धी पूर्व सल्लाहकार गोपाल खनालका अनुसार मोदीले फेब्रुअरी पहिलो साता विदेशमन्त्री स्वराजलाई नेपाल पठाउन लागेको जानकारी दिएका थिए । पछि दिल्लीसँग समन्वय गरेर भारतीय राजदूत मञ्जिब सिंह पुरीले भेटवार्ताको तारतम्य मिलाएका हुन् । 

स्वराजको भ्रमणका लागि ओलीका तर्फबाट एमाले नेता विष्णु रिमालले समन्वय गरेका छन् भने मोदीका तर्फबाट भारतीय राजदूत मञ्जिब सिंह पुरीले समन्वय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो