२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ को मुख्यमन्त्री कार्यालय सञ्चालनमा

२०७४, २० माघ शनिबार ०२:१८

माघ २०, काठमाडौं । प्रदेश ३ को पहिलो अधिवेशन सम्पन्न भएपछि विभिन्न मन्त्रालय र सरकारी कार्यालयको रङरोगनसहित सरसफाइ तीव्र बनाइएकोे छ । 

प्रदेशका मन्त्रालय, मुख्यमन्त्री, प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मन्त्रीहरूको निवासका लागि जिल्ला सरकारी कार्यालय र क्षेत्रीय कार्यालयलाई प्रयोग गरिने भएको छ ।

ती कार्यालयमा रङरोगन तथा सरसफाइ भइरहेको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्यले बताए । ‘धेरैजसो प्रादेशिक मन्त्रालय र प्रदेश प्रमुखदेखि मन्त्रीनिवासमा रङरोगनका साथै मर्मतसम्भार भइरहेको छ,’ उनले भने,‘माघभित्र सबै मन्त्रालय र निवासको रङरोगन सक्छौँ ।

प्रादेशिक कार्यालयको व्यवस्थापनका लागि चार सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको संयोजकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश सिवाकोटी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेव जोशी र भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्य सदस्यसचिव छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक