२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोन बचाऊ-बचाऊ भनेर चिच्याउँथे, कसैले सुन्दैनथे

२०७४, २० माघ शनिबार ०२:२८

माघ २०, काठमाडौं । सात दिनसम्म ललितपुरको फूलचोकी जंगलमा हराएर रूखको चेपमा अड्किएको अवस्थामा उद्धार गरिएका १७ वर्षीय जोन तामाङको बीएन्डबी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

उनको हात-खुट्टाका औंला तथा छाला नीलो भएको छ। दुवै खुट्टा सुन्निएको छ। घुँडामा सामान्य समस्या देखिएको छ। आफैँ उठबस गर्न सक्दैनन्। सात दिनसम्म घना जंगलमा अलपत्र पर्दा शरीरमा चिसो पसेका कारण यस्तो समस्या देखिएको हो। आजकोअन्नपूर्ण पोस्टमा खबर छ ।

‘धन्न मेरो छोराको भाग्य बलियो रै’छ। यो माघको ठण्डीमा फूलचोकी जंगलमा सात दिनसम्म अलपत्र पर्दा पनि उद्धार गर्न सकियो’, आमा रिमाले भनिन्। चिकित्सकको सल्लाहमा आईसीयूमा राखिए पनि जोनको खतरामुक्त छन्। विशेष कामबाहेकका मानिसलाई उनीसँग भेटघाट गर्न दिइएको छैन। कोही मान्छे भेट्न जाँदा उनी झस्किने गरेको रिमाले बताइन्। राति पनि पटक-पटक झस्किने गरेका छन्।

शान्त वातावरणमा राखेर उपचार गर्दा पहिलेको अवस्थामा आउन सजिलो हुने चिकित्सकले बताएका छन्। आमासँग सामान्य कुराकानी गर्छ तर जंगलमा हराएको विषयमा आमा तथा परिवारका अन्य सदस्यले समेत धेरै कुरा गरेका छैनन्। उद्धार गरेको भोलिपल्ट रिमाले सामान्य कुरा गर्दा जोनले आफू लडेको ठाउँबाट टाढा-टाढाका मानिसलाई देख्ने गरेको बताएका थिए। ‘उसले बचाऊ बचाऊ भनेर चिच्याएको रहेछ तर परपर हिँडडुल गरिरहेका मानिसले सुनेनछन्’, रिमाले भनिन्।

थसिखेलस्थिा अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत उनी स्कुलका अन्य कक्षाका साथी र प्राचार्य दुर्गाबहादुर ओलीसँगै हाइकिङ गएका थिए। फूलचोकी हाइकिङ गएर फर्कने क्रममा उनी हराएको ओलीले प्रहरीलाई बयान दिएका छन्।

ओलीको बयानलाई आधार मानेर अहिले नै केही भन्न नसकिने परिवारका सदस्यको भनाइ छ। ‘बाटो बिराएर एक्लै हिँड्दा लडेको पनि हुन सक्छ। कसैले धकेलिदिएको पनि हुन सक्छ। वास्तविकता जोन निको भएपछि थाहा होला’, परिवारका सदस्यको शंका छ। जोन हराएको दिनदेखि नै उनी अध्ययनरत स्कुल बन्द छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना