२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ को नामको बिषयमा दलहरू बीच कुरा मिल्यो

२०७४, २० माघ शनिबार ०३:०६

माघ २०, काठमाडौँ । प्रदेश ५ को नामकरण गौतम बुद्धसँग सम्बन्धित हुनुपर्ने पक्षमा दलहरू सहमत देखिएका छन् ।

गौतम बुद्धसँगै जोडिएको लुम्बिनी नाम बढी चर्चामा छ । तर, साबिकको लुम्बिनी अञ्चलसँगै राप्ती र भेरी अञ्चल जोडिएको, थारू, मगरात र खस–आर्यको क्लस्टर मिलाउनुपर्ने अवस्था आए बुद्धको नामसँगै कुनै अर्को नाम पनि जोड्न सकिने विकल्पमा छलफल सुरु भएको छ ।

बाँके, बर्दियासम्मलाई विश्वासमा लिन लुम्बिनी नभनी सिद्धार्थ गौतम, गौतम बुद्ध, बुद्धसँगै अर्को कुनै क्लस्टर वा भूगोल जोडेर नाम राख्न सकिने विभिन्न दलका सांसद बताउँछन् ।

संविधानअनुसार प्रदेश सभाको दुईतिहाइ मतले प्रदेशको नाम राख्न सक्नेछ । अरू विषयमा दलहरूबीच मतान्तर भए पनि प्रदेशको राजधानी तोक्ने र यसको नाम राख्ने विषयमा भने दलीयभन्दा भौगोलिक अवस्थिति र भौगोलिक निकटता हाबी हुने देखिएको छ । यो समाचार आजको नयाँ पत्रिकाबाट लिइएका हो ।

प्रदेश ५ अन्तर्गत पहिलेको लुम्बिनी अञ्चलमा कपिलवस्तु, नवलपरासी, रुपन्देही, गुल्मी, पाल्पा जिल्ला पर्छन् । त्यस्तै, राप्ती अञ्चलका पूर्वीरुकुम, प्युठान पनि लुम्बिनी वा बुद्धसँग सम्बन्धित नामका विषयमा असहमत रहने देखिएको छैन ।

किनकि, प्रदेशको अस्थायी राजधानी दाङ नभई बुटवल तोकिँदा राप्तीका रुकुम, प्युठान र रोल्पाले समेत खासै असन्तुष्टि जनाएनन् । दाङमा असन्तुष्टि देखियो, तर पश्चिमका बाँके र बर्दियाले पनि प्रदेश बुटवल तोकिँदा खासै प्रतिक्रिया देखाएनन् । यसकारण भोलि भोटिङ हुँदा पनि लुम्बिनी र राप्तीबाट प्रतिनिधित्व गर्ने दलहरूकै सांसदको प्रस्ट दुईतिहाइ मत पुग्ने हुँदा लुम्बिनी नाम नै हुने सम्भावना बढी देखिन्छ ।

पहिलेको लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने जिल्ला धेरै रहेको र बुद्धका विषयमा खास कोही पनि विभाजित नभएकाले उनीसँगै सम्बन्धित नाम प्रदेश ५ को रहने पक्कापक्की छ ।

अरू सम्भावित नाम

लुम्बिनीबाहेक पाल्पा, गुल्मी र स्याङ्जा संगमस्थल रुरु नामबाट पनि प्रदेशको नाम राख्नुपर्ने विषय चर्चामा आउने गरेको छ । लुम्बिनीको सट्टा बुद्धभूमि वा बुद्ध प्रदेश राख्नुपर्ने मत बलियो छ ।

माओवादीले थरुहटलाई सम्बोधन गर्न भन्दै अवध, थरुहट, मगरात नामलाई कुनै समय चर्चामा ल्याएको थियो । नवलपरासीदेखि बाँके, पाल्पादेखि पूर्वीरुकुम यो प्रदेशमा परेपछि यस्ता जातीय नामभन्दा ऐतिहासिक र प्रसिद्ध नाम लुम्बिनीमै वा बुद्धसँग जोडिएको सिद्धार्थ गौतम, गौतम बुद्ध वा बुद्धमै जनमत बन्ने देखिएको छ ।

नामका विषयमा संविधानले यसो भन्छ

संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९५ को संघीय आयोग गठन शीर्षकको उपधारा (२)मा ‘धारा ५६ को उपधारा ३ बमोजिमका प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको दुईतिहाइ बहुमतबाट हुनेछ’ भन्ने उल्लेख छ ।

संसद्को पहिलो बैठक बसिसकेको छैन । पहिलो बैठक बसेपछि दोस्रो बैठकले सभामुखको चयन गर्नेछ । त्यसपछि सरकार गठनसहितका काम टुंगिएपछि प्रदेश सभाले नामकरणको विषयमा टुंगो लगाउने देखिएको छ । तर, कहिलेसम्म प्रदेशको नाम तोक्ने भन्ने प्रस्ट व्यवस्था कतै पनि उल्लेख छैन ।

यसअघि, विवादित हुने भएकाले सीमांकन मात्र तोकेर नाम राख्ने जिम्मा प्रदेश सभालाई नै दिइएको हो । प्रदेश ५ बाट पहाडी जिल्ला अलग गर्न खोज्दा बुटवलमै ठूलो आन्दोलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार