२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रोल्पामा साढे १२ करोड लगानीमा जनयुद्ध संग्रहालय बन्दै

२०७४, २१ माघ आईतवार ०३:५०

माघ २१, काठमाडौँ । माओवादी द्वन्द्वकालीन गतिविधि झल्काउन पश्चिमी रोल्पाको गैरीगाउँमा ‘जनयुद्ध संग्रहालय’ निर्माण हुने भएको छ । 

तत्कालीन माओवादी लडाकु शिविर राखिएको गैरीगाउँस्थित तिलामा संग्रहालय निर्माण गर्न लागिएको हो  । सरकारले तिलामा ‘जनयुद्ध संग्रहालय’ बनाउन अघि सारेको योजना अन्तर्गत सर्भेक्षणको काम भएको छ । 

तत्कालीन माओवादी र सरकारबीच शान्ति प्रक्रिया सुरु भएपछि रोल्पाका दहवन, गैरीगाउँ र मसिनालगायत मुलुकभर २८ वटा शिविरमा माओवादी लडाकु राखेर सेना समायोजन गरिएको थियो । रोल्पाको नुवागाउँस्थित दहवनमा पाँचौं डिभिजनको मुख्य कार्यालय र तिलामा सहायक शिविर राखिएको थियो । 

‘तत्कालीन समयको स्मरण गराउन तथा शान्ति स्थापना भएको जानकारी दिन संग्रहालय निर्माण गर्न लागिएको हो  ।’ संग्रहालय निर्माणको पहल गरेका जिल्ला समन्वय समिति रोल्पाका संयोजक राजबहादुर बुढामगरले भने, ‘विगतको अवस्थाबारे भावीपुस्तालाई जानकारी दिन ‘जनयुद्ध संग्रहालय’ उपयोगी हुनेछ ।’

अाजको कान्तिपुरमा खबर छ-संग्रहालयमा रोल्पाबाट सुरु भएको सशस्त्र द्वन्द्व, त्यसले पारेको प्रभाव र शान्ति प्रक्रिया र त्यसपछिको अवस्थाबारे जानकारी दिन सकिने संरचना निर्माण गरिनेछन् । 

शान्ति प्रक्रियामार्फत माओवादी मूलधारको राजनीतिमा प्रवेश गरेपछि भएका परिवर्तन र तत्कालीन अवस्थामा सशस्त्रसंघर्ष हुनुका कारणबारे अभिलेखीकरणका लागि संग्रहालय निर्माण गर्न लागिएको हो ।

२० रोपनी सरकारी वन क्षेत्रभित्र उक्त संग्रहालय बनाउन लागिएको हो । जिससमार्फत करिब साढे १२ करोड लगानीमा निर्माण गरिने संग्रहालयका लागि पहिलो चरणमा एक करोड बजेट विनियोजन भएको संयोजक बुढामगरले बताए । ‘शान्ति प्रक्रियालगत्तै यो काम गर्नुपर्ने थियो । ढिलै भए पनि राम्रो काम थालनी भएको छ ।’

दहवनस्थित तत्कालीन पाँचौं डिभिजनमा कार्यवाहक कमान्डरको समेत भूमिका निर्वाह गरेका बुढामगरले भने । तिलामा ‘जनयुद्ध संग्रहालय’ बनाउन सर्भे गरेका पुरातत्त्वविद् श्रीहरि थापाले पहाडी क्षेत्रमा यो संग्रहालय नयाँ अवधारणा भएको बताए । 

थापाका अनुसार पुरातत्त्व विभागको पहलमा संग्रहालय अवलोकन गर्ने स्थान, होटल र हेलिप्याड निर्माण गर्ने अवधारणा छ । संग्रहालय निर्माणपछि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार