माघ २२, काठमाडौं । नेपालमा टेलिफोनको नेटवर्क बढेसँगै मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गएको छ ।

मोबाइल सेटको आयात र सिमको बिक्रीले मोबाइल प्रयोगकर्ता उच्च दरमा बढेको एक तथ्यांकले देखाएको छ । पछिल्लो ६ महिनामा नेपालमा ३४ लाख १० हजार थान मोबाइल सेट आयात भएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

त्यस्तै एक वर्षको अवधिमा मोबाइल सेवा प्रदायकले करिब ४३ लाख थान मोबाइल सिम बिक्री गरेका छन् । टेलिफोनको पहुँचसँगै नेपालमा मोबाइल प्रयोगकर्ता वार्षिक १० प्रतिशतको हाराहारीमा बढ्दै गएको नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा १२ अर्ब ३९ करोड रुपैयाँको मोबाइल आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३९ करोड रुपैयाँ बढी हो ।

February 5, 2018
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
मोबाइल सेट खरिद मै ६ महिनामा बाहिरियो सवा १२ अर्ब
By kit
2 मिनेट पढाइ