Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २२ गते, राति २:०८ बजे
काठमाडौँ - KTM

समानुपातिक नतिजा फागुन ५ मा: नयाँ प्रधानमन्त्री दोस्रो साता

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २२, काठमाडौँ । निर्वाचन आयोगले बुधबार हुने राष्ट्रियसभा निर्वाचनको नजिता भोलिपल्टै सार्वजनिक गरी प्रतिनिधिसभा समानुपातिकको नजिता ‘छोटो विधि’ अपनाएर राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ।

राष्ट्रियसभा चुनाव नभई प्रतिनिधिसभा समानुपातिकतर्फको नजिता सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले ६० दिनदेखि नजिता रोकेर राखेको छ।

आयोगले प्रतिनिधिसभा नजिता ढिलोमा फागुन ५ भित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए।

समानुपातिकको नजिता रोकिएका कारण प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको दुई महिना बित्दा पनि नयाँ सरकार गठन हुन सकेको छैन।

आयोगले २४ गते हुने राष्ट्रियसभा नजिता भोलिपल्टै सार्वजनिक गर्ने तयारी गरेको छ। आयुक्त ईश्वरी पौडेलका अनुसार २६ गते आयोगले समानुपातिकतर्फ एकतिहाई महिलाको संख्या पु¥याएर आउन दलहरूलाई पत्राचार गर्नेछ।

विगतमा दलहरूलाई सात दिनको समय दिइने भए पनि आयोगले आफ्नो कार्यविधि संशोधन गरी अब तीन दिन मात्र दलहरूलाई दिने भएको छ।

२९ गतेभित्र दलहरूले आयोगले भनेअनुसार परिणाम बुझाए आयोगले राष्ट्रपतिलाई नजिता बुझाउने प्रक्रिया सुरु गर्नेछ भने कारणवश कुनै दलको तलमाथि भए थप दुई दिनको समय दिएर सच्याउन समय दिइने आयुक्त पौडेलले जानकारी दिए।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।