2026-09-21 11:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायती सेनाको उच्च तहमा पुगे यी नेपाली

माघ २२, काठमाडौँ । एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन्। 

५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन्। उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ । १ फेब्रुअरीमा अल्डरसटस्थित रिजनल कमाण्ड हेडक्वार्टरमा औपचारिक घोषणापछि खाम्चालाई अहिले बधाइ ग्रहण गर्दैमा भ्याइ नभ्याइ छ। 

‘भाग्य, खुबी, मिहिनेत र कामप्रति इमान्दार नै मेरो सफलताको कारण होला’, खाम्चाले भने, ‘म एकदम खुसी छु। यो प्रमोसन असम्भव त थिएन तर सिपाहीदेखि भर्ती भएर यहाँसम्म आइपुगिएला भन्ने सोचेकै थिइनँ ।’

अाजको कान्तिपुरमा खबर छ-उनको पदावधि अब करिब ५ वर्ष हुने छ। ‘रिटायर्ड हुँदा नेपाल र नेपालीको इज्जत राखेर फर्कन्छु’, उनले सुनाए। ब्रिटिस सेनामा गोर्खा भर्ती सुरुआतको झण्डै २०२ वर्ष अवधिमा खाम्चा उच्च तहमा पुग्ने चौंथो नेपाली हुन्। यसअघि उक्त पदमा लालबहादुर पुन, विजय रावत र यामबहादुर राना पुगे पनि उनीहरु अहिले रिटायर्ड भइसके।

स्याङ्जा शिरकोट करादीमा जन्मिएका उनले प्राथमिक तह गाउँमै पढे। बुटवलबाट एसएलसी। उनका बावु पनि दोस्रो विश्वयुद्ध लडेका योद्धा थिए। तर, बावु आर्मीमा लागे ‘घर न घाट’को भइन्छ भन्ने ठान्थे। 

छोरालाई कानुन पढाउने बावुको इच्छाविपरीत खाम्चा पुल्चोक इन्जिनियरिङ क्याम्पस भर्ना भए। कलेजका साथीहरु भर्ती हुन जाने हल्ला सुनेपछि उनी पनि पछि पछि लागे। ‘म शारीरीक रुपमा त्यस्तो दरिलो पनि थिइनँ तर भाग्य र साथीको संगतले आर्मीमा भर्ती गरायो’, उनी विगत सम्झन्छन्।

सन् १९८७ जनवरीमा आर्मी भर्ती भए उनी। खाम्चाको पल्टन क्विन्स् गोर्खा सिग्नल भए पनि अहिले बाहिर बसेर काम गरिरहेका छन्। सेवाका दौरान खाडी युद्धमा साउदी अरब पुगे। 

कोसोभो, टर्की, इराक, अफगानिस्तानलगायत कयौं देश खटिए। अमेरिकाले सन् २००३ मा इराक हान्दा खाम्चा अमेरिकी र ब्रिटिस सेनासँग मिलेर कतारमा योजना बनाइरहेका थिए।

सन् २०१६ मे देखि डिसेम्बरसम्म ८ महिना उनले बग्दाद र कुवेतमा काम गरे। आतंककारी संगठन आइएसले इराकको बग्दाद कब्जा गर्न प्रयत्न गरिरहँदा अमेरिकी, ब्रिटिससहितको संयुक्त सुरक्षा फौजअन्तर्गत चिफ अफ स्टाफ भएर कमाण्डरको तर्फबाट हेडक्वार्टर सञ्चालन गर्ने जिम्मा उनलाई थियो। कमाण्डरलाई सल्लाह सुझाव दिने र प्राथमिकता के हो भनिदिने गर्थे उनी।

सन् २०१२ फेब्रुअरीमा अफगानिस्तान गएर जुलाईमा फर्किए उनी। अफगानिस्तान र इराकको अवस्था फरक थियो। इराकमा अमेरिकी सेनाले नेतृत्व गरिरहेको थियो ब्रिटिस सेनाको सपोर्टिङ रोल मात्र। तर, अफगानिस्तानमा लडाइँ हुँदा ब्रिटिस सेना अग्रपङ्तिमा। त्यतिखेर खाम्चाले योजनासहित सञ्चार उपकरणहरु किनेर ब्रिटिस सेनालाई पठाउने काम गरे। चार महिना जति त उनी आफूले पठाएको सञ्चार सामाग्रीको प्रभावकारिता बुझ्न फिल्डमै पुगे।

विश्वमै कहलिएको बेलायतस्थित सैनिक शिक्षालय रोयल मिलिट्री अकाडमी स्याण्डहर्सटमा कमाण्डिङ अफिसर पछिको भूमिका समेत उनले निर्वाह गरे।

बेलायतको नेपाली समुदायसँग निकट रहे पनि जातीय, धार्मिक र राजनीतिक मुद्दाबाट टाढा नै बस्न रुचाउने उनले बताए। नेपाल आउजाउ गरिरहन्छन् उनी। सोमबारबाट जिम्मेवारी सम्हाल्ने उनले कामका सिलसिलामा नेपाल नै जान सकिने संकेत पनि गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो