2026-09-21 11:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीकै सहयोगमा काठमाडौँकै अर्को होटलमा फेरी युवती बलात्कृत

माघ २३, काठमाडौं । ल्यान्डमार्क होटलमा प्रेमीकै सहयोगमा भएको सामूहिक बलात्कार घटनाको प्रहरीले अनुसन्धान गरिरहेकै बेला राजधानीको अर्को होटलमा बलात्कारको घटना भएको छ ।

त्यो घटना पनि प्रेमीकै सहयोगमा भएको प्रहरीले जनाएको छ । समाचारमा जनाएको छ, एक साताअघि सुन्धाराको एसियन होटलमा भक्तपुर बस्ने एक युवतीको बलात्कार भएको हो ।

प्रेमीले एक हप्तासम्म होटलमा राखेर आफूमाथि बलात्कार गरेको उजुरी युवतीले दिएकी छिन् । सोही आधारमा प्रहरीले अशोक गुप्ता नामक युवकलाई पक्राउ गरेको छ ।

स्रोतका अनुसार युवतीको यौन शोषण गरेपछि गुप्ता भागेका थिए । बिहे गर्ने भनेर होटलमा राखेकोमा पछि बिहे गर्न नसक्ने भन्दै युवक भागेका थिए ।

त्यसपछि युवतीले प्रहरीमा उजुरी दिएर युवकलाई पक्राउ गराएकी हुन् । सुरुमा युवकले पैसा दिएर घटना मिलाउन खोजेका थिए । पछि युवतीले जाहेरी दिएकी हुन् ।

जाहेरी दिएपछि प्रहरीले तत्कालै दर्ता गरी गुप्तालाई पक्राउ गरेको छ । आज प्रकाशित दृष्टि साप्ताहिकमा यो खबर छ । यसअघि दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको भनिएको सामुहिक बलात्कार घटनाको अनुसन्धानका लागि प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सन्देश बिसी र आवेश लामा रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शनिवार बिसी र लामालाई हेटौंडाबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रामदत्त जोशीले उनीहरुलाई काठमाडौंबाटै नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

‘उनीहरुमाथि अनुसन्धान भइरहेको छ’ एसपी जोशीले भने, ‘सार्वजनिक अपराधमा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी स्रोतका अनुसार बिसी र लामा होटल ल्याण्डमार्कका कर्मचारी हुन् । दरबारमार्ग प्रहरीले सामूहिक बलात्कार प्रकरण लेनदेनमा मिलाएको सार्वजनिक भएसँगै उनीहरु काठमाडौंबाट सिन्धुली हुँदै हेटौंडा पुगेका थिए ।

यसैबीच बलात्कृत भनिएकी युवती लाई प्रहरीले माईती नेपालमा राखेर मनोपरामर्श दिइरहेको छ । उता बलात्कृत युवतीको केटा साथी भनिएका शैलेश कार्की र बलात्कारमा संलग्न अन्य युवाहरु विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठ फरार छन् ।

माघ ७ गते राती होटल ल्याण्डमार्कमा सामूहिक बलात्कार भएको बताइएको छ । बलात्कार जस्तो जघन्य अपराधको घटना कागज गरेर मिलाउने कार्यमा संलग्न दरबारमार्गका ईन्सपेक्टर लक्ष्मण सिंह ठकुरीलाई महानगरीय प्रहरी परिसरले निलम्बन गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो