२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिना दिनसम्म गुपचुप रह्यो भक्तपुरमा बालिका बलात्कार घटना

२०७४, २४ माघ बुधबार ०१:५५

माघ २४, भक्तपुर । भक्तपुर नगरपालिका १० कमलविनायककी पाँच वर्षीया परी (नाम परिवर्तन) ले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुःखेको बताउँछिन्। 

धाई आमाले हेर्दा उनको अविकसित यौनाङ्गमा घाउचोट देखिन्छ। तर उनले आफ्नी सानी नानी बलात्कारको शिकार भएको अनुमान त के सपनामा समेत सोचेका थिइनन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

त्यसैले परीको यौनाङ्ग धोईपखाली तेल मालिस गरेर मल्हम लगाइदिन्छिन्। तैपनि परीलाई सञ्चो हुँदैन। त्यसको तीन दिनपछि स्थानीय स्वास्थ्य केन्द्रमा देखाएर औषधि उपचार हुन्छ र दुख्न छोड्छ। यत्तिकैमा दुई हप्ता बित्छ। 

एकदिन परीले आफ्नै उमेरका बालकसँग खेल्ने क्रममा बालकमाथि घोडा चढ्छिन्। उनले बालकलाई घोडा चढेको बालककी आमाले देख्छिन् र हप्काएर परीलाई ‘तिमीले के गरेको’ भन्छिन्। परीले माया गरेको उत्तर दिन्छिन्।

फेरि बालककी आमाले यस्तो माया गर्न तिमीलाई कसले सिकायो भन्दै सोध्छिन्। परीले फलाना दादाले मलाई यसरी नै माया गर्नुभएको थियो भनी उत्तर दिन्छिन्। अनि बालककी आमालाई झन् बढी जान्ने उत्सुकता जाग्छ। उनले परीसँग थप सोध्छिन्, ‘दादाले अरु के के गर्नुभयो?’

अबोध सानी परीले भनिन्, ‘मेरो पपी सेममा दादाको पपी सेम ठेल्नुभयो।’यति भनेपछि परी बलात्कृत भएको खुलासा भयो। उनले पिसाब गर्ने ठाउँमा दुख्यो भनेको कारण पनि खुलेपछि भोलिपल्ट परीकी आमाबुबाले प्रहरीमा आफ्नी छोरी बलात्कृत भएको किटानी जाहेरी दिए। प्रहरीले जाहेरी परेकै दिन परीलाई जबरजस्ती करणी गर्ने युवकलाई पक्राउ गर्छ।

यो घटना गएको पुसमा भएको पाँच वर्षीया बालिका बलात्कृत भएको घटनाको विवरण हो। महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त घटनामा संलग्न भएको आरोपमा ललितपुरको ललितपुर महानगरपालिका २२ बुङमती घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्र्दै आएका १८ वर्षीय वसन्त तामाङ आइतबार पक्राउ गरिसकेको छ। 

उनले आफू डेरा गरी बस्ने घरका छिमेकीका पाँच वर्षीया परीलाई ललाईफकाई लगेर जबरजस्ती करणी गरेको आरोपमा परीकी आफन्तले प्रहरीकहाँ किटानी जाहरी दिएको हो।

महानगरीय प्रहरी परिसरका अनुसार गएको पुस ३० गते परीले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुखेको बताएकी थिइन्। माथिको घटना विवरणअनुसार त्यसको तीन दिनपछि माघ ३ गते स्थानीय स्वास्थ्य केन्द्रमा जँचाएर औषधि उपचार गरिएको थियो। र, अनुसन्धानको क्रममा माघ २० गते परी र अर्का केटा साथीबीच घोडा चढ्ने खेल खेल्दै गर्दा बालककी आमाले सोधखोज गर्ने बेला परीले आफू तामाङबाट बलात्कृत भएको सुनाएको खुल्न आएको परिसरले जनाएको छ।

बालिकालाई जबरजस्ती करणी गर्ने तामाङलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। 

महानगरीय प्रहरी परिसर भक्तपुरमा अनुसार पाँच वर्षीया बलात्कारसँगै भक्तपुरमा फरक फरक मितिमा दुई युवती, एक महिला र एक किशोरी जबरजस्ती करणीको शिकार भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु