Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २४ गते, राति ३:२२ बजे
काठमाडौँ - KTM

युवती बलात्कार गर्ने युवकलाई होटलमै थुनेर दाँत झारिदिएपछि…

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २४, धरान ।  युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

धरान २ स्थित संखुवासभा होटलमा बन्धक बनाएर दुई दिनसम्म बलात्कार गरेको भन्दै युवतीले दिएको उजुरीको आधारमा प्रहरीले खोटाङको दिप्रुङ गाउँपालिका ३ का २२ बर्षीय नवीन राइलाई पक्राउ गरेको हो ।

युवतीका आफन्तले राइलाई हातपात गरेर दाँत झारिदिएका छन् । आजको कान्तिपुरको पाँचौ पृष्ठमा यो खबर छ । समाचारमा लेखिएको छ, पुस १३ मा भएको उक्त घटनाको उजुरी सोमबार मात्र आएको हो ।

धनकुटाको चौबिसे घर भई धरानमा बसेर एक कलेजमा अध्ययनरत २० बर्षकी ती युवतीलाई होटलको १०२ नम्बर कोठामा थुनेर बलात्कार गरेको जाहेरीको आधारमा राइलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार युवतीका आफन्तले धरानमा राइलाई भेट्दा हातपात गरेर दाँत झारेका छन् । राईमाथि कुटपिटमा संलग्न युवतीका आफन्तलाई पनि कारबाहीका लागि उजुरी दर्ता भएको प्रहरीले बताएको छ ।

प्रनाउ पौडेलले भने, ‘युवतीका पक्षले नवीन राईको दाँत झारिदिएका छन् । तर युवती पक्षले भने भाग्दा लडेर दाँत भाचिएको बताएका छन् । बलात्कार र दाँत झारेको दुवै विषयमा एकसाथ अनुसन्धान हुँदैछ ।’

प्रहरीले युवतीको भेजिनाको मेडिकल टेस्टका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधि विज्ञान प्रयोगशालामा पठाएको जनाएको छ