2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी अघि बढ्लान् देउवा: राजीनामा कि सत्ता हस्तान्तरण ?

February 8, 2018

माघ २५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन भइसकेको अवस्थामा राजीनामा दिने वा नयाँ प्रधानमन्त्रीलाई सिधै सत्ता हस्तान्तरण गर्ने विषयमा निकटस्थहरूसँग राय लिन थालेका छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

निर्वाचन सम्पन्न भएपछि मात्रै सरकारको कार्यभार पूरा हुने बताउँदै आएका देउवाले नयाँ सरकार गठनको बाटो खोल्ने विषयमा छलफल सुरु गरेका हुन्। 

सत्ता हस्तान्तरण वा राजीनामाको विषयमा प्रधानमन्त्री चाँडै टुंगोमा पुग्ने उद्योगमन्त्रीसमेत रहेका कांग्रेस नेता मानबहादुर विश्वकर्मा बताउँछन्। केही दिनअगाडि मात्रै देउवाले राष्ट्रियसभा निर्वाचनलगत्तै राजीनामा दिने मनस्थितिमा रहेको बताएका थिए।

पछिल्लो समय उनी आफूनिकट नेता तथा कानुनविद्सँग निरन्तर छलफलमा रहेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए। खाँणले भने, ‘उहाँ राजीनामाकै मुडमा हुनुहुन्छ तर अर्को विकल्प पनि उहाँसमक्ष पुगेको छ। 

त्यो भनेको निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण नतिजा राष्ट्रपतिकहाँ पु¥याएपश्चात आफैंले प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढाउने र नवनिर्वाचित प्रधानमन्त्रीलाई कुर्सी हस्तान्तर गरेर बिदा लिने’, उनले भने।

बिहीबार दिउँसोसम्ममा राष्ट्रियसभाको नतिजा आइसक्ने र साँझ नै निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधिसभाको समानुपातिक विजयी उम्मेदवारको सूची पठाउन पत्राचार गर्ने तयारी गरेको छ। 

आयोगको तयारीअनुसार फागुन १ सम्ममा समानुपातिकतर्फका विजयी उम्मेदवारको अन्तिम काम सकिइसक्छ। त्यसपछि आयोग फागुन ३ मा प्रतिनिधिसभाको मतपरिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ।

राष्ट्रपतिले आयोगबाट प्रतनिधिसभाको सम्पूर्ण नतिजा पाएसँगै नयाँ प्रधानमन्त्री चयनप्रक्रिया अगाडि बढाउने छिन्। प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले कानुनबमोजिम जे ठिक हुन्छ, त्यसैअनुसार अघि बढ्ने मनस्थितिमा प्रधानमन्त्री रहेको बताए।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नतिजा आएसँगै वाम गठबन्धनका नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै आएका छन्। तर देउवाहित कांग्रेस नेताहरूले राष्ट्रियसभाको अड्को थापेपछि विवाद देखिएको थियो।

नेता खाँणले राष्ट्रियसभा निर्वाचन र प्रदेशसभा बैठकका कारण केन्द्रीय शीर्ष नेता उपत्यकाबाहिर रहेकाले सबै फर्किएपछि निष्कर्षमा पुग्ने गरी छलफल हुने बताए। 

‘प्रधानमन्त्रीले यस सन्दर्भमा केही दिनअघि पार्टी बैठकमै कुरा राख्नुभएको थियो तर सार्थीहरूले राष्ट्रियसभा निर्वाचनसम्म पर्खन आग्रह गर्नुभएको हो’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते