2026-09-21 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको ५ दिन भित्रै प्रदेश १ मा सरकार

माघ २७, काठमाडौँ | प्रदेश नम्बर १ मा शेरधन राई मुख्यमन्त्री हुने पक्का भएको छ । उनका अनुसार फागुन २ भित्र सरकार बन्नेछ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभामा बहुमत प्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

एकल बहुमत अर्थात् ९३ सदस्यीय प्रदेश सभामध्ये ५१ सिट पाएको एमालेको दलको नेतामा निर्वाचित भएपछि राईले केही दिनभित्रै प्रदेश प्रमुखकहाँ सरकार गठनका लागि पत्र बुझाउने बताए । 

‘अब पार्टीको संसदीय दलको बैठक बसेर बहुमत लिएर प्रदेश प्रमुखकोमा जान्छौँ । ढिलोमा २ फागुनभित्र सरकार गठन भइसक्छ ।’ उनले प्रदेश १ लाई नमुना प्रदेश बनाउने बताए । आफ्नो नेतृत्वमा बन्ने सरकारको मुख्य उद्देश्य नै प्रदेशको विकास र समृद्धि भएको उनको भनाइ छ । -नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो