Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री रहँदै शेरधन राईले विवाह गर्ने, को हुन् उनको प्रेमिका ?

२०७४, २७ माघ शनिबार ०२:१५

माघ २७, काठमाडौँ | प्रदेश १ को मुख्यमन्त्री बन्न पूर्वमन्त्री शेरधन राईलाई बाटो खुलेको छ । १ नम्बर प्रदेशको एमाले संसदीय दलको नेतामा सचिव भीम आचार्यलाई २ मतले पछि पार्दै राई संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

एमाले संसदीय दलका नेता राई ४७ वर्ष पुगेका छन् । हालसम्म अविवाहित राईले प्रदेश १ को मुख्यमन्त्री बनेपछि विवाह गर्ने बताएका थिए । 

संसदीय दलको नेतामा निर्वाचित भएपछि शुक्रबार राईलाई ‘अब मुख्यमन्त्री बन्ने पक्का भयो, बिहे कहिले गर्नुहुन्छ’ भन्ने प्रश्नमा उनले भने, ‘मेरो जीवनको एउटा पाटो अझै अधुरै छ, यसैले म यही कार्यकालभित्र अवश्य विवाह गर्छु ।’ तर, उनले आफ्नो प्रेमिका भए नभएबारे केही खुलाएनन् । 

२ फागुनभित्र सरकार

प्रदेश १ मा २ फागुनभित्र सरकार बन्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभामा बहुमत प्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

एकल बहुमत अर्थात् ९३ सदस्यीय प्रदेश सभामध्ये ५१ सिट पाएको एमालेको दलको नेतामा निर्वाचित भएपछि राईले केही दिनभित्रै प्रदेश प्रमुखकहाँ सरकार गठनका लागि पत्र बुझाउने बताए ।

‘अब पार्टीको संसदीय दलको बैठक बसेर बहुमत लिएर प्रदेश प्रमुखकोमा जान्छौँ । ढिलोमा २ फागुनभित्र सरकार गठन भइसक्छ ।’ उनले प्रदेश १ लाई नमुना प्रदेश बनाउने बताए । आफ्नो नेतृत्वमा बन्ने सरकारको मुख्य उद्देश्य नै प्रदेशको विकास र समृद्धि भएको उनको भनाइ छ ।

को हुन् शेरधन राई ?

भोजपुरको आमचोक गाउँपालिका पसल भञ्ज्याङमा ११ फागुन ०२७ मा जन्मिएका शेरधन राईले समाजशास्त्र र राजनीतिशास्त्रमा एमए गरेका छन् । ०४४ मा अनेरास्ववियुमा संगठित भएका राई ०४९/५० मा भोजपुर अध्यक्ष बनेका थिए ।

०४७ मा एमालेको संगठित सदस्यता प्राप्त गरेका उनी जिल्ला कमिटी सदस्य हुँदै ०५१ मा जिल्ला सचिवालय सदस्य र ०५४ मा सचिव भए । पार्टी विभाजन भएपछि निरन्तर चार कार्यकाल शेरधन एमाले भोजपुरको अध्यक्ष रहे ।

२७ वैशाख ०७० मा राई एमाले वैकल्पिक सदस्यमा निर्वाचित भएका थिए । हाल उनी एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश नम्बर १ का सहइन्चार्ज छन् । दोस्रो संविधानसभामा भोजपुर २ बाट विजयी भएर व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको सभापति र सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।

राई पहिलो प्रदेश सभाको निर्वाचनमा भोजपुर (२) बाट ७१ प्रतिशतभन्दा बढी प्राप्त गरी विजयी भएका थिए । भलिबल, ब्याडमिन्टन र तेक्वान्दोका चर्चित खेलाडीसमेत रहेका शेरधन अविवाहित छन् ।

२७ वैशाख २०७० मा राई एमाले वैकल्पिक सदस्यमा निर्वाचित भएका थिए । हाल उनी एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश नम्बर १ का सहइन्चार्ज छन् । दोस्रो संविधानसभामा भोजपुर २ बाट विजयी भएर व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको सभापति र सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।

राई पहिलो प्रदेश सभाको निर्वाचनमा भोजपुर (२) बाट ७१ प्रतिशतभन्दा बढी प्राप्त गरी विजयी भएका थिए । उनि भलिबल, ब्याडमिन्टन र तेक्वान्दोका चर्चित खेलाडीसमेत हुन् ।

- नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की