Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन फुकेन एमाले-माओवादी एकताको गाँठो ?

२०७४, २८ माघ आईतवार ०१:५८

माघ २८, काठमाडौं । बुधबार साँझ सामाजिक सञ्जालमा माओवादी नेता-कार्यकर्ताले एउटा स्ट्याटस पोस्ट गरे, ‘एकीकृत पार्टी अध्यक्ष केपी, प्रधानमन्त्री केपी, राष्ट्रपति भण्डारी, सभामुख नेम्बाङ, विचार बहुदलीय जनवाद, ७०-३० को भागबन्डा अनि पार्टी एकता…!’

आजको अन्नपूर्णमा रामकृष्ण अधिकारी अगाडि लेख्छन्- सुरुमा यो स्ट्याटस माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी (पथिक) ले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। 

लगत्तै माओवादीका जनवर्गीय संगठनका अधिकांश नेता-कार्यकर्ताले त्यसैलाई ‘कपी-पेस्ट’ गर्न थाले। सुवेदी माओवादीका यस्ता नेता हुन्, जो अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता रामबहादुर थापासँग समदूरी सम्बन्धमा छन्। 

सशस्त्र युद्ध सुरुवातमा दाहालका प्रमुख स्वकीय सचिव रहेका उनी प्रतिनिधिसभा चुनावमा पनि दाहालकै चुनावी कमान्डर थिए।

के-के छन् गाँठा ?

- दुवै पार्टीको मूल नेतृत्वको व्यवस्थापन

– बहुदलीय जनवाद, माओवाद र एक्काइसौं शताब्दीको जनवाद

– गिभ एन्ड टेक देखिने गरी पावर सेयरिङ

– दोस्रो तहका नेताको स्वार्थ र दबाब


यसले प्रस्टै बुझाउँछ, एमाले-माओवादी मूल नेतृत्वबीच पर्दाभित्र भइरहेको एकता वार्ताको चुरो। निर्वाचनलगत्तै एकता गर्ने संकल्प लिएका यी दुई पार्टीबीच एकताको गाँठो झन् कसिँदो छ। 

गाँठो के हो भन्ने नेताहरूले लुकाए पनि मूल नेतृत्वको व्यवस्थापनमै समस्या रहेको विस्तारै खुल्न थालेको छ। असोज १७ मा नेपालका यी दुई ठूला कम्युनिस्ट पार्टीले चुनावी तालमेल मात्र होइन, पार्टी एकताकै सैद्धान्तिक घोषणा गरेका थिए। 

प्रतिनिधिसभा, प्रदेशसभा हुँदै राष्ट्रियसभा चुनाव र प्रदेश सरकार निर्माणको भागबन्डासम्म सहमति जुटाएका दुई पार्टीलाई एकताको गाँठो फुकाउन मुस्किल परेको छ। एकीकृत पार्टीको कार्यदिशा र मूल नेतृत्वका विषयमा दुई पार्टी अध्यक्षले आफ्नै तहमा छलफल गरे पनि विकल्प गोप्य राख्दै आएका छन्।

राजनीतिक विश्लेषक झलक सुवेदीको भनाइमा एमाले-माओवादी एकता अहिले माओवादी अध्यक्ष दाहालको पदीय व्यवस्थापनमा अल्झिएको छ। ‘ओलीजी प्रधानमन्त्री हुन कुनै समस्या छैन। प्रचण्डजीले स्वीकार गरिसकेको कुरा हो। 

यसबाहेक ठूलो पार्टीको अध्यक्ष भएका हिसाबले उहाँको अन्य अवस्था के ? ’ सुवेदी भन्छन्, ‘त्यस्तै प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत नबनेपछि प्रचण्डको भूमिका के ? यसैमा अल्झिएको छ एकता।’

वार्तामा रहेका नेताहरूले छलफलका विकल्प सार्वजनिक नगरे पनि अन्तर्य कुरा मूल नेतृत्वको विवाद नै रहेको सजिलै बुझ्न सकिने वामविश्लेषक श्याम श्रेष्ठ बताउँछन्। ‘संगठनात्मक सिद्धान्त, विचार र पद विभाजनका विषयवस्तु मिलाउनुपर्ने छ। 

सबैभन्दा बढी पेचिलो पद विभाजन नै होला,’ श्रेष्ठ भन्छन्, ‘अहिले समय लिएको पनि पद विभाजनले नै हो जस्तो देखिन्छ। यो सजिलैसँग हुँदैन।’

अल्झिएको विषय यतिमा मात्र सीमित छैन, एमालेले मान्दै आएको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको माओवाद, एक्काइसौं शताब्दीको जनवादका विषयमा पनि यी दुई पार्टीको शीर्षस्थ नेतृत्व टुंगोमा पुग्न सकेको देखिँदैन। यही जटिलता दुई पार्टी एकताका लागि तगारो देखिन पुगेको विश्लेषकको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की