यसरी हैरान भयो दुई पुरुषबीचको यौनसम्बन्धले प्रहरी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

माघ २८, ललितपुर । लामो समयसम्म सहमतिमै यौनसम्बन्ध राख्दै आएका स्वास्थ्य क्षेत्रसम्बद्ध दुई पुरुषबीच असमझदारीपछि घटना ‘बलात्कारी’को आरोप-प्रत्यारोपसम्म पुगेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

घटना छताछुल्ल हुन थालेपछि स्वास्थ्य सेवा विभागले छानबिन टोली गठन गर्नुपर्ने अवस्था उत्पन्न भयो। गोदावरी नगरपालिका- ५ बस्ने औषधि व्यवसायी जीवन सिलवाल र लेले प्राथमिक स्वास्थ्य चौकीका इन्चार्ज दीपेन्द्र शाहबीच यौनसम्बन्धपछिको मनमुटाव विभाग, स्वास्थ्य चौकी र प्रहरीका लागि टाउको दुखाइको विषय बनेको हो।

मनमुटाव उत्कर्षमा पुगेपछि सिलवालले स्वाथ्य चौकी इन्चार्ज शाहविरुद्ध बलात्कारको आरोपसमेत लगाएका छन्। तनाव मत्थर गर्न विभागले साहलाई सरुवा गरेर कालिकोट पुर्‍यायो।

अनैतिक कार्यले यत्रतत्र खासखुसको रूप लिएपछि घटना सामसुम पार्न दुई महिनाअघि दुवैजनालाई छलफलमा पनि डाकियो। उनीहरू छलफलमा आएर अनुचित कार्य गरेकोमा पश्चात्ताप गर्दै गल्ती पनि स्विकारे। त्यसपछि दुवैजनालाई एकै ठाउँ राख्दा झन् समस्या हुने ठानेर विभागले छुट्याउन साहलाई कालिकोट सरुवा गरेको हो।

‘यस्तो अनुचित कार्य सतहमा आएपछि दुवै जनालाई छलफलमा बोलाइयो। उनीहरूले बदमासी पनि स्विकारे। त्यसपछि विभागको रोहबरमा मेलमिलाप गराइयो’, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले भने, ‘उनीहरूलाई छलफलमा बोलाउँदा सहमतिमा सम्बन्ध राखेको स्विकारेका थिए। त्यतिबेला दुवैले आनन्द लिने काम गर्‍यौँ।

तर हामीले बदमासी गरेका हौँ भनेर गल्ती महसुस गरे।’ उनीहरूले विभागसमक्ष यस्तो घटनालाई थप अघि नबढाउन आग्रहसमेत गरेका थिए। विभाग टोलीले गरेको छानबिनपछि विवाद साम्य पार्न साहलाई कालिकोट सरुवा गरिएको पौडेलले बताए।

घटना मत्थर हुन नपाउँदै पुनः सिलवालले साहले एक अन्तर्वार्तामा आफूमाथि बलात्कार हुने गरेको आरोप लगाएका छन्। आफू ११ महिनादेखि बलात्कृत हुँदै आएको उनको दाबी छ।

एक्लै हुँदा आफूमाथि जबर्जस्ती अप्राकृतिक मैथुन गर्ने गरेकोसमेत उनले बताएका छन्। सिलवालले लेलेमा मेडिकल पसल सञ्चालन गर्दै आएका छन्। महिलाले गर्भाधान रोक्न प्रयोग गर्ने ‘संगिनी सुई’का कारण उनीहरूबीच असमझदारी भएको लेले चौकी प्रमुख नारायण भण्डारीले बताए। साहले सिलवाललाई स्वास्थ्य चौकीबाट संगिनी सुई दिने गर्थे।

सिलवाललाई दिइँदै आएको सुई उपलब्ध गराउन छाडेपछि यौनसम्बन्धको पोल बाहिरिएको हो। ‘संगिनी सुई बंगुरलाई मोटो पार्न गाउँलेलाई बेच्ने गरेको सुन्नमा आएको थियो’, भण्डारीले भने, ‘भित्री कुरा उनीहरूलाई नै थाहा होला।’

सिलवालले सबैलाई सामाजिक रूपमा हैरान पारेको गुनासोसमेत चौकीमा आउने गरेको उनको भनाइ छ। तर सिलवालले मौखिक र अन्तर्वार्तामा समेत आफू बलात्कृत भएको बताए पनि प्रहरीमा जाहेरी भने दिएका छैनन्।

तर उनले गत असोज २० गते सोही वडाका रवि सिलवालविरुद्ध आफूमाथि छक्काको आरोप लगाएको भन्दै महानगरीय प्रहरी वृत्त चापगाउँमा जाहेरी दिएका थिए।

त्यसअघि उनले महानगरीय प्रहरी परिसर जावलाखेल र प्रहरी प्रधान कार्यालयमा पनि उजुरी दिएका थिए। जाहेरी परे पनि राष्ट्रिय मानवअधिकार आयोगमा जाने सहमति भएपछि प्रहरी छानबिन अघि नबढेको वृत्तका डीएसपी रवीन्द्र रेग्मीले बताए।

‘सरसर्ती हेर्दा सिलवाल खराब नियतका देखिन्छन्’, उनले भने, ‘किनकि एउटै व्यक्तिविरुद्ध उनले एकपछि अर्को जाहेरी दिँदै हिँडेका छन्। बलात्कारको आरोपमा भने कतै जाहेरी देखिन्न।’

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply