२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार गठनअघि नै एमाले-माओबादी एकताको खाका तयार गरिने

२०७४, २९ माघ सोमबार ०१:५६

माघ २९, काठमाडौं । एमालेले सरकार गठनलगत्तै माओवादी केन्द्रसँग पार्टी एकता टुंगिने जनाएको छ । 

स्थायी समितिको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निकै सकारात्मक छलफल भइरहेको र केही दिनभित्रै त्यसले आकार लिने बताएका थिए। 

दाहाल र ओलीबीच सोमबार छलफल हुने तयारी छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

‘फागुनभित्र पार्टी एकता टुंगिन्छ’, स्थायी समितिको बैठकपछि अन्नपूर्णसँग सचिव प्रदीप ज्ञवालीले भने, ‘नेताहरूको अधिकतम व्यवस्थापन कसरी गर्ने भन्नेमा गृहकार्य भइरहेको छ। सरकार गठन अघि एकताको राजनीतिक खाका बन्छ।’

फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ। पार्टीसचिव ज्ञवाली पनि माओवादी अध्यक्ष दाहालसँग सकारात्मक तवरले छलफल अघि बढेकाले राजनीतिक खाकामा सहमति जुट्ने विश्वास व्यक्त गर्छन्।

माओवादीसँग पार्टी अध्यक्षमा कुरा नमिलेका कारण एकता प्रक्रियामा ढिलाइ भएको त होइन भन्ने प्रश्नमा ज्ञवाली भन्छन्, ‘त्यस्तो होइन। दुई अध्यक्षबीच कुराकानी निकै नजिक पुगेको छ। 

नेताहरूको व्यवस्थापनका कारण ढिलाइ भएको होइन।’ दुई अध्यक्षबीचको कुराकानीले ठोस आकार लिएपछि एकता संयोजन समितिको बैठक बसेर गृहकार्य अघि बढाइने ज्ञवालीले जनाए।

स्थायी समिति बैठकमा मुख्यमन्त्री छनोट गर्दा नेतृत्व हाबी भएर गुटबन्दी गरेको भन्दै आलोचना भएको थियो। बैठकको बीचमा वरिष्ठ नेता माधव नेपाल बाहिरिनुअघि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समावेशी तथा योगदानलाई पाखा लगाएको आरोप लगाएकी थिइन्।

३ नम्बर प्रदेशको संसदीय दलमा आफूलाई गुटको सिकार बनाएर चुनाव हराएको भन्दै शाक्य असन्तुष्ट छन्। वरिष्ठ नेता नेपालनिकट शाक्य पार्टी अध्यक्ष केपी ओली गुटका डोरमणि पौडेलसँग संसदीय दलको चुनावमा पराजित भएकी थिइन्। मुख्यमन्त्रीमा सबै ओली पक्षधर भएपछि नेपाल पक्षधर नेताहरू रुष्ट छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना