2026-09-21 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले भने : एकता हुने भयो, तयार रहनुस्

फागुन ३, काठमाडौं | माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता हुने नै भयो अब तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।

‘पार्टी एकता अन्तिम चरणमा पुगेको छ । मेरो र ओलीजीको वार्ता सकारात्मक रूपमा अन्तिम चरणमा छ । यसलाई व्यवस्थित गर्न सांगठनिक र वैचारिक कार्यदिशासँग सम्बन्धित दुईवटा कार्यदल बनाउने सहमति भएको छ । अब विभिन्न पार्टी (माओवादी वा एमाले) मात्रै रहेर हुँदैन, एउटा कम्युनिस्ट केन्द्र बनाएर, ठूलो पार्टी बनाएर समाजवादी क्रान्तिमा जानु छ । तपाईंहरू तयार हुनुहोस्, वैचारिक रूपमा कमजोर नहुनुस् । दृढसंकल्पित भएर अघि बढ्नुस् । समयको चुनौती हो, हामीले सामना गर्नुपर्छ,’ उनले भने।

नेतृत्वमा पदाधिकारी नराख्ने र दुई अंकभन्दा नबढ्ने गरी (अर्थात् सयभन्दा कम) सदस्य रहेको केन्द्रीय कमिटी बनाउने विषयमा छलफल चलेको छ । तर, यो छलफलले बुधबारको संयोजन समिति बैठकमा प्रवेश पाइनसकेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए । पदाधिकारी नराख्दा शीर्ष नेताको भूमिका कम हुने, स्थायी समिति र केन्द्रीय सदस्यको पद घटुवा हुने सम्भावना देखिएपछि बिहीबार दुवै पार्टीका पहिलो र दोस्रो तहका नेताले छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन् । संगठनात्मक स्वधपबारे अनौपचारिक तहको मोटामोटी खाका संयोजन समितिको छलफलमा प्रस्तुत हुने र कम्तीमा पदाधिकारी र स्थायी समितिमा रहेका नेतालाई स्थायी समितिमै राख्नुपर्ने बाध्यताका कारण संगठनको आकार ठूलो हुने सम्भावना देखिएको एक नेताले बताए ।

त्यस्तै, छलफलमा एमाले नेताहरूले पार्टीको पोजिसनका आधारमा ओलीले कम्तीमा ३ वर्ष सरकारको नेतृत्व गरिसकेपछि प्रचण्डलाई हस्तान्तरण गर्ने कुरा उठाएको छ भने माओवादी नेताहरूले संयुक्त नेतृत्व र आलोपालो सिद्धान्तअनुसार अढाइ–अढाइ वर्ष हुनुपर्ने अडान राखेका छन् । यस विषयमा सहमति हुन बाँकी छ ।

एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ । दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ ।

ललितपुरमा बुधबार बसेको संयोजन समिति बैठकले एकीकृत पार्टीको मूल नेतृत्व र तत्कालीन सैद्धान्तिक–वैचारिक कार्यदिशामा पनि सहमति गरेको छ । बहुदलीय प्रतिस्पर्धाको शान्तिपूर्ण बाटोबाट सामाजिक–आर्थिक रूपान्तरण गर्दै समाजवादको आधार खडा गर्ने मूल कार्यदिशामा सहमति भएअनुसार लिपिबद्ध गर्ने प्रक्रिया संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै जबज र एक्काइसौँ शताब्दीको जनवादका समानता पहिल्याएर नमिलेका विषयलाई महाधिवेशनबाट टुंगो लगाउने दुई दलबीच समझदारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो