२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेडिकल शिक्षाका लागि बाहिरियो २२ अर्ब

२०७४, ३ फाल्गुन बिहीबार ०१:१२

फागुन ३, काठमाडौं | मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ बिदेसिएको छ। स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीबाट उक्त रकम बाहिरिएको हो। यो खबर सूर्यप्रसदा पाण्डेले आजको अन्नपूर्णमा लेखेका छन्। 

सरकारी तथ्यांकअनुसार मुलुकबाट पछिल्ला पाँच वर्षमा चार हजार तीन सय ४६ जना विद्यार्थी एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेश गएका छन्।

शिक्षा मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार बिदेसिएका एक विद्यार्थीले ५० लाख रुपैयाँ खर्च गर्छन्। मेडिकल शिक्षाका लागि बाहिरिएका विद्यार्थीले शिक्षण शुल्कबापत बुझाउने शुल्क अध्ययन गरी शिक्षा मन्त्रालयले २१ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएको तथ्यांक निकालेको हो।

मन्त्रालयका उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतमले मेडिकल शिक्षाकै लागि मुलुकबाट हरेक वर्ष ठूलो धनराशि बाहिर जाने गरेको बताए।

अहिले नेपाली विद्यार्थी मेडिकल शिक्षाका लागि विशेष गरी भारत, बंगलादेश, चीन, रसियालगायत मुलुक जाने गरेका छन्।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार सन् २०१३ मा ५ सय ६५ जना बाहिरिएका थिए। यो संख्या बढेर सन् २०१४ मा १ हजार ३ सय ७९ तथा सन् २०१५ मा १ हजार ४ सय ६१ जना बिदेसिएका थिए।

सन् २०१६ मा ४ सय ७८ र सन् २०१७ मा ४ सय ६३ जना विदेश अध्ययन गर्न गएका छन्। यी सबै विद्यार्थी एमबीबीएस र बीडीएस अध्ययन गर्न गएका हुन्।

‘यसरी पुँजी बिदेसिएको तथ्यलाई ध्यानमा राखी फ्याकल्टी, भौतिक पूर्वाधारलगायत तोकिएको मापदण्डबमोजिम सञ्चालनमा रहेका यहाँका मेडिकल कलेजलाई अधिकतम प्रयोग गर्नुपर्ने देखिन्छ’, गौतमले भने, ‘दक्ष जनशक्ति उत्पादन गर्ने हो भने हरेक विश्वविद्यालयले प्रत्येक वर्ष दुई सेसनमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्ने र त्यसरी सञ्चालन गर्दा प्रत्येक सेसनमा बढीमा ७५/७५ विद्यार्थी सिट भर्ना गर्न पाउने गरी अनुमति दिनु उपयुक्त हुन्छ।

– पाँच वर्षमा २२ अर्ब रुपैयाँ बिदेसियो

– एमबीबीएस–बीडीएस अध्ययन गर्न ४३४६ जना बाहिरिए

– एक विद्यार्थी बराबर ५० लाख रुपैयाँ खर्च

– भारत, बंगलादेश, चीन, रसियालगायत मुलुक आकर्षण

– विश्वविद्यालयलाई प्रत्येक वर्ष दुई सेसनमा कक्षा सञ्चालन गर्न सुझाव

– स्वेदशी मेडिकल कलेजमा एमबीबीएस पढ्ने १६००

– ६ सय हाराहारीमा बीबीएस पढ्ने

– एमबीबीएस पढ्न चाहने सात हजारले प्रवेश परीक्षा दिने

स्वदेशी मेडिकल कलेजमा अहिले वार्षिक एक हजार ६ सय हाराहारीमा एमबीबीएस र ६ सय हाराहारीमा बीबीएस पढाइको कोटा छ। तर, एमबीबीएस अध्ययनका लागि मात्र वार्षिक सात हजारले प्रवेश परीक्षा दिने गरेको गौतमले बताए।

उनले भने, ‘विद्यार्थीलाई जसरी पनि पढ्नुपरेको छ। स्वदेशमा कोटा भए यतै भर्ना हुन्छन्। यता नपाए विदेश गएर पनि पढ्छन्। जसकारण मुलुकबाट ठूलो धनराशि विदेश गएको छ।’

उनका अनुसार पछिल्लो समय डा.गोविन्द केसीले मेडिकल शिक्षा सुधारका लागि सुरु गरेको आन्दोलनको प्रभावस्वरूप मेडिकल कलेजको विद्यार्थी भर्ना कोटामा कटौती भएपछि पाँच वर्षको अवधिमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययन गर्न पाउने एक सय २० जना विद्यार्थी कोटा काटिएको छ।

नियमअनुसार हरेक मेडिकल कलेजले कुल विद्यार्थी भर्ना क्षमताको १० प्रतिशत कोटामा निःशुल्क विद्यार्थी पढाउनुपर्ने हुन्छ।

गौतमले भने, ‘कुनै बेला दुई हजार एक सय जनासम्म एमबीबीएसमा विद्यार्थी भर्ना कोटा रहेकोमा अहिले घटेर १ हजार ६ सयमा झरेको छ। यसको प्रभाव छात्रवृत्तिमा पनि देखिएको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै