Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तपाईंलाई थाहा छ, उपत्यकामा गोरुले किन जोतिँदैन ?

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १२, काठमाडौं । नेवार समुदायको मूल थातथलो मानिने काठमाडौं उपत्यकामा गोरु नारेर जोत्ने गरिँदैन ।

परापूर्वकालदेखि नै यहाँका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी हातपाखुराका भरमा खेतीपाती गरिँदै आएको मानिन्छ । आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रविधिको विकाससँगै यहाँ केही बर्ष अघिदेखि ट्रयाक्टरले खेतबारी जोत्ने चलन पनि सुरु भयो । यसले यहाँका किसानलाई धेरै मद्यत पुर्याएको थियो ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार उपत्यकाभित्र पशुपति नगरी भएकाले पशुपतिबाट देखिने क्षेत्रमा गोरु नारेर जोत्न नहुने शास्त्रीय मान्यता छ ।

गोरुले जोतेदेखि धर्मको अपमान हुने, पाप लाग्ने, मानिसहरु बिरामी पर्ने लगायत विश्वास गरिन्छ । धार्मिक किंवदन्तीमा पनि गोरुलाई महादेवका वाहान मानिन्छ ।

उनले भने,

-गोरुको चार खुट्टालाई पनि धर्मको प्रतीकका रुपमा लिइन्छ ।

-त्यसैले गोरुलाई कुल्चन र जोत्नका निम्ति प्रयोग गर्न हुँदैन भन्ने विश्वास गरिन्छ ।

-उपत्यकाभित्र गोरु नारेर खेतबारी जोत्न नहुने मुख्य कारण यही मात्र हो ।