पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १५, कालिकोट । कर्णालीमा छाउपडीको डरलागदो तथ्यांक सार्वजनिक गरिएको छ ।

कर्णालीका मुगु, जुम्लार कालिकोटका साविकका २१ गाउँ विकास समितिमा गरेको अध्ययनअनुसार कुनै न कुनै रूपमा अहिले पनि छाउपडी प्रथा डरलाग्दो अवस्थामा रहेको पाइएको हो ।

जातिगत हिसाबले ब्राह्मण ५५.९५, क्षेत्री ५.२५, दलित ४१.५५ र ठकुरीका २९.७५ प्रतिशत महिला छाउगोठमा बस्ने गरेको पाइएको भेरी वातावरण विशिष्टता समूहले जनाएको छ ।

कालिकोटको साविक खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका साविक ७ गाविस र १६ वटा वडामा गरिएको अध्ययनमा यो तथ्य बाहिर अाएको हो । आजको कारोबारको पृष्ठ ७ मा यो खबर छ ।

भेरी वातावरण विशिष्टता समूहले कर्णाली छाउपडीप्रथा न्यूनीकरण परियोजनाले गरेको अनुसन्धानमा छाउपडी भएका महिलाले पुरुष सदस्य, गाईबस्तु फलफूलका बोट, बालीनाली छुन, घर तथा भान्सामा प्रवेश गर्न, मन्दिर परिसरमा हिँड्न, धार्मिक तथा सामाजिक क्रियाकलापमा भाग लिन वञ्चित गर्ने गरिएको छ ।