२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यागमनमा डरलाग्दो सेटिङ: पाँच भारतीय पक्राउ

२०७४, १६ फाल्गुन बुधबार ०२:२९

फागुन १६, काठमाडौं । अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका पाँच भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। 

तीन जनालाई अध्यागमन पार गर्नेबित्तिकै र बाँकी दुईलाई उड्न लागेको नेपाल एयरलाइन्सको विमान भित्रैबाट पक्राउ गरिएको हो। यो खबर आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ ।


प्रहरी, अध्यागमन र नेपाल एयरलाइन्समा कार्यरत केही कर्मचारीको मिलेमतो र आर्थिक सेटिङमा ‘नो अब्जेक्सन लेटर’ नभएका पाँच भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन्। उनीहरूका गतिविधि शंकास्पद भएको विमानस्थल प्रहरीले जनाएको छ। अध्यागमनका कर्मचारीले ती भारतीय अभियोग लागेका वा अपराधमा संलग्न भएकाले नेपालको हवाई मार्ग हुँदै हङकङ जान लागेको हुन सक्ने दाबी गरेका छन्।

विमानस्थलका केही प्रहरी, अध्यागमन र एयरलाइन्सका कर्मचारीले सेटिङ गरी भारतीय नागरिकलाई अध्यागमन पार गराएको सूचना पाउनेबित्तिकै कर्मचारीले विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दलाई जानकारी गराएका थिए। त्यसलगत्तै, प्रहरी र अध्यागमनका कर्मचारीले ती भारतीयलाई पक्राउ गरेका थिए।

प्रहरीको समन्वयमा उड्न लागेको नेपाल एयरलाइन्सको जहाज झन्डै एक घण्टा होल्ड गरिएको थियो। दुई जना नो अब्जेक्सन लेटर नभएका भारतीयलाई विमानस्थलबाट पक्राउ गरी बाहिर ल्याइएको थियो।

सेटिङमा पठाएको घटनाले मंगलबार दिनभर विमानस्थलमा हल्लीखल्ली मच्चिएको थियो। विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले नो अब्जेक्सन लेटर नभएका पाँच भारतीयलाई पक्राउ गरी अध्यागमन विभाग पठाइएको जानकारी दिए।

थपलियाले अन्नपूर्णसँग भने, ‘पहिलो पटक नेपालको हवाईमार्ग हुँदै विदेश जाने भारतीयलाई अनिवार्य दूतावासको पत्र चाहिन्छ। उनीहरूसँग उक्त पत्र नभएकाले पक्राउ गरेका हौं’, अध्यागमनका कर्मचारीले आर्थिक मिलेमतोमा दूतावासको पत्र नभएका पाँच भारतीयको राहदानीमा डिपार्चर छाप लगाइदिएका थिए।

उनीहरू किन भारतबाटै हङकङ गएनन् भन्ने विषयले विभिन्न शंका उब्जिएको छ। ‘नेपालको हवाई मार्ग हुँदै पहिलो पटक विदेश जाने भारतीयले अनिवार्य नो अब्जेक्सन लेटर देखाउनुपर्ने प्रावधान विमानस्थलका सबै सम्बद्ध कर्मचारीलाई थाहा छ’, अध्यागमनका एक कर्मचारीले अन्नपूर्णसँग भने, ‘जसले गरे पनि गम्भीर अपराध भयो।

नो अब्जेक्सन लेटर देखाउने भारतीय नागरिक नेपाल हुँदै अन्य मुलुक जान सक्छन। तर, विमानस्थल अध्यागमनका केही कर्मचारीले पत्र नभएका पाँच भारतीयलाई आर्थिक लेनदेनमा प्रस्थान अनुमति दिइएको देखिन्छ।’ ‘तिनीहरू आतंकवादी संगठनसँग सम्बन्धित भए त्यसको जिम्मा कसले लिन्छ ? राम्रो विचारले उनीहरू हङकङ जान लागेका थिए भने भारतीय दूतावासबाट किन नो अब्जेक्सन लेटर लिएनन्। यो प्रकरणमा गम्भीर लापरवाही भएको छ। गृह मन्त्रालयले छानबिन गरोस’, ती कर्मचारीले भने।

‘अध्यागमनले दिएको सूचनापछि हामीले केहीबेर जहाज होल्ड गरी यात्रुका कागजपत्र जाँच गर्‍यौं’, विमानस्थल प्रहरी प्रमुख एसएसपी चन्दले भने, ‘विमान भित्रैबाट दुई भारतीयलाई पक्राउ पनि गर्‍यौं।’

करिब १० जना भारतीय सेटिङमा विमानभित्र चढिसकेको सूचना आएपछि ‘ पुस ब्याक’ भइसकेको जहाज रोकेर यात्रुको कागजपत्र जाँच गरिएको थियो। त्यस क्रममा दुई भारतीयलाई विमान भित्रैबाट निकालेको स्रोतले जनाएको छ।

माओवादी केन्द्रका रामबहादुर थापाले गृहमन्त्रीको पदबहाली गर्दै अध्यागमनलाई सुधार्ने पहिलो प्राथमिकता रहेको बताएको भोलिपल्टै (मंगलबार) अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीले आर्थिक सेटिङमा मानव तस्करीको शैलीमा पाँच भारतीय नागरिकलाई हङकङ पठाउने तयारी गरेका थिए। थापाले अध्यागमन सुधार्न पूर्वमहानिर्देशक केदार न्यौपानेको संयोजकत्वमा कार्यदल बनाउने निर्णयसँगै गृहमन्त्रीको पदबहाली गरेका थिए।

‘नो अब्जेक्सन लेटर’ नभएका पाँच भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू