Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

ऐन नबन्दै कर्णाली प्रदेशका सांसदले लिए एक/एक लाख पेश्की

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १८, काठमाडौं । प्रदेशसभामा कर्णालीलाई गरिबको संज्ञा दिँदै भाषणको सुरुवात गर्ने सांसदले संसद् सुरु भएको महिना दिन नपुग्दै एक–एक लाख पेश्की बुझेका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाश अधिकारीले सुर्खेतबाट लेखेका छन्।

सांसदको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ऐन नबन्दै प्रदेशसभा सचिवालयले प्रतिसांसद् एक–एक लाख पेश्की उपलब्ध गराएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार ३० भन्दा बढी सांसदले पेश्कीबापत उक्त रकम बुझिसकेका छन् । सचिवालयले सांसदहरुको आवास व्यवस्थापनका लागि उक्त रकम वितरण गरेको जनाएको छ । तर प्रदेश राजधानी वीरेन्द्रनगरमै घर हुने सांसदहरुले समेत पेश्की रकम बुझेका छन् ।

सचिवालयले आवस व्यवस्थापनका लागि उक्त रकम वितरण गरेको जानकारी दिएको छ। तर पेश्की लिने सांसदको विववण भने सचिवालयले दिन मानेको छैन। राजिनाम दिएर फिर्ता लिएका मगुका सांसद चन्द्रबहादुर शाहीले समेत पेश्की लिएका छन्।