Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

चीन जोड्ने विद्युत् प्रसारण लाइनको अध्ययन सुरु

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १८, काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभीको नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपालतर्फको रुट अध्ययनको काम थालिएको छ। आजको समाचारपत्र दैनिकमा समाचार छ।

२०१७ मे १२ मा बेल्ट एन्ड रोड इनिसियटिभमा सहकार्यका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो। सोही परियोजनाअन्तर्गत रहेको नेपाल र चीनबीच विद्युत् आदान–प्रदानका लागि गल्छी रसुवागढी केरुङ महत्वपूर्ण मानिएको छ।

सोही अन्तरदेशीय प्रसारण लाइन आयोजना निर्णयको मोडालिटीलाई अन्तिम रूप दिन नेपाल विद्युत् प्राधिकरण सर्भेयर टोलीले अध्ययन शुरु गरेको हो। प्राधिकरणले नै उक्त प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययन गरसकेको छ। अध्ययनअनुसार विभिन्न ३ वटा भौगोलिक क्षेत्रबाट प्रसारण लाइन निर्माण गर्न सकिने देखिएको छ।