२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा मन्त्री छान्न झमेला: अप्ठ्यारोमा ओली

२०७४, १८ फाल्गुन शुक्रबार ०२:०७

फागुन १८, काठमाडौं । चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद्को संख्या ७ पुगेको छ । 

बाँकी रहेका ११ मन्त्रालयमध्ये फोरमलाई कम्तीमा २ मन्त्रालय दिने हो भने ९ वटा मात्र बाँकी रहन्छ । अहिलेसम्म एमालेबाट ४ र माओवादीबाट २ जना मन्त्री बनिसकेका छन् । ९ मध्ये माओवादीले ४ मन्त्रालय लिने सम्भावना रहेकाले एमालेको भागमा ४ या ५ मन्त्रालय मात्र बाँकी रहन्छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।

जब कि एमालेभित्रै अर्थमन्त्रीका दाबेदार सचिव प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डेसँगै अहिलेसम्म मन्त्रीको अवसर नपाएका सचिव योगेश भट्टराई र अर्का सचिव गोकर्ण विष्ट दाबेदार छन् । 

ओलीलाई नजिकबाट सघाइरहेका विश्वासपात्र नेता ज्ञवाली फोरमसँगको बाँडफाँड टुंगिँदा महत्वपूर्ण मन्त्रालय पाउने सम्भावना कम हुने भएकाले सरकारमा सहभागी हुने कि नहुने द्विविधामा छन् । पाण्डेसहित पदाधिकारी तहका दुई नेतालाई मन्त्री बनाउनुपर्ने दबाब प्रधानमन्त्रीसामु भएकाले २ या ३ मन्त्रालयमा अन्य आकांक्षीलाई मिलाउनुपर्ने हुन्छ ।

त्यसमा नेताहरू छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, वसन्त नेम्वाङ, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, शेरबहादुर तामाङ, गोकुल बास्कोटा, जगत विश्वकर्मा, प्रेम आले, नारदमुनी रानालगायत डेढ दर्जनभन्दा बढी दौडमा रहेकाले एमालेमा मन्त्री छान्न सकस परेको छ ।

स्थायी समितिले शीर्ष नेताहरूसँगको परामर्शमा मन्त्री छनोट गर्ने जिम्मा प्रधानमन्त्रीलाई नै दिएको छ । त्यसअनुसार प्रधानमन्त्री ओलीले एकसरो परामर्श गरिसके पनि प्रादेशिक, लैंगिक, जातीय सन्तुलनसमेत मिलाएर कसरी छनोट गर्ने अप्ठ्यारो छ ।

एमालेको भागमा परेको परराष्ट्र मन्त्रालय फोरमले लिने करिब निश्चित भएकाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद, बाँकी रहन्छ । यीमध्ये पनि एउटा अझै फोरमसँग बाँडफाँड नटुंगिएकाले कुन–कुन बाँकी रहने निश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा