पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २४, काठमाडौँ | संसद सचिवालयका ३१ वटा ल्यापटप पूर्वसभासदले गायव पारेका छन् । सभासद रहँदा सचिवालयले सुविधाबापत दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म पनि उनीहरुले फिर्ता गरेका छैनन् ।

३१ वटा ल्याटप फिर्ता नभएको सचिवालयले जनाएको छ । ल्यापटप पचाउनेहरुको सूचीमा पहिलो संविधानसभामा निर्वाचित भएकासमेत छन् ।

कानुनतः कार्यकाल सकिएको सात दिनभित्र सांसद तथा संसदका पूर्वपदाधिकारीले सचिवालयबाट उपयोग गर्दै आएका सेवासुविधा फिर्ता गर्नुपर्छ ।

संघीय संसदको पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा यो व्यवस्था छ । तर, फिर्ता नगरे के कारवाही हुने भन्ने स्पष्ट नभएकाले कतिपय पुर्वसभासदुले सामान आफैँ राखेको सचिवालयका कर्मचारी बताउँछन् । – नयाँ पत्रिकाबाट