२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा महिला कामदार: अप्ठ्यारो काम, आकर्षक तलब

२०७४, २८ फाल्गुन सोमबार ०२:३४

फागुन २८, काठमाडौं | नेपालमा ब्युटी पार्लर चलाएर मासिक ३५ हजार कमाइ गरिरहेकी महिला अहिले कोरियाको साग बारीमा नंग्रा खियाउँदै छिन् । कैंची र कपाल मुसार्ने सुकिला हातहरू अहिले सागको फेंद नाप्न तल्लीन छन् । उनको अहिले मासिक कमाइ भने नेपालको भन्दा तीन गुना बढी छ । 

ईपीएसमार्फत कोरिया आउन पाएपछि राम्रै चलेको पार्लर बेचेर उनी कोरिया आएकी हुन्। ३० देखि ४० डिग्रीको तापक्रममा प्लास्टिकको फिनेल हाउसभित्र पसिनाले आँखा बिजाउँदा, टुक्रुक्क बसेर खुट्टा सार्दै, निहुरिएर कुप्री पर्दै साग टिप्दा, ‘किन आएँछु नि कोरिया’ भन्ने मनमा उब्जिन्छ। बैंक खातामा तलब देखेपछि त्यो मनमा मलहम लागे झैं हुन्छ। ‘यसो गर्ने उसो गर्ने भन्ने योजना बुन्नतिर लाग्छ मन,’ योगिताले सुनाइन्।

सागबारीमा भन्दा अलिक सजिलो हुने सुनेपछि काम परिवर्तन गरी च्याउ हाउसमा पुग्दा चिसोले पिनास र टन्सिलको सिकार हुनुपरेको अर्की महिलाको अनुभव छ। थरीथरीको च्याउ खेती गरिने कोरियामा समस्या पनि थरीथरीकै छन्। कहीँ दिनभरि एकहोरो च्याउका जरा काटेकाकाटै गर्दा नाडी सुन्निएर हैरान। कहीँ च्याउले भरिएका बक्सा उचाल्ने र राख्ने गर्दागर्दै पाखुरा सुन्निएर हैरान। कतै सिन्काजस्ता त कतै छाताजस्ता च्याउ टिप्नलाई पनि त्यत्तिकै सकस, भाँच्चिएला की भन्ने डर अनि छिटोछिटो गर्नुपर्ने अर्डर सुनाउँछन् कार्यरत महिलाहरू।

कोरियामा प्रवासी मजदुरहरूबारे गत वर्ष गरिएको एक अध्ययनले कृषि क्षेत्रमा समयमा तलब नदिने समस्या ८४ प्रतिशत देखिएको छ। त्यसैगरी सम्झौताको उल्लंघन गरी जबरजस्ती काम लगाउनेमा ५८ प्रतिशत देखिएको छ। नेपालीहरूको वैदेशिक रोजगारीको एक मुख्य आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा हालसम्म करिब ३ हजार नेपाली महिलाहरूले काम गरिरहेको श्रम सहचारी डिल्लीराम बाँस्तोलाले सुनाए। ‘कृषि भिसामा आएका धेरैजासो महिलाहरू दुर्गम क्षेत्रमा कृषि र पशुपालनमा काम गर्ने भएकाले साहुबाट रूखो र अभद्र व्यवहार हुने गुनासाहरू आउने गरेका छन्,’ उनले भने। नेपालमा आफ्ना सन्तान र पारिवारिक आर्थिक अवस्थालाई सुधार्न दक्षिण कोरियामा महिलाहरू यस्तै कडा परिश्रम गर्न बाध्य छन्। – कान्तिपुरले आर्थिक पृष्ठमा समाचारमा लेखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ