2026-09-21 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीद्वारा नेम्वाङको प्रस्ताव अस्वीकार, के थियो प्रस्ताव ?

चैत ३, काठमाडौं | प्रधानमन्त्री केपी ओलीले नेता सुवास नेम्वाङको प्रस्ताव अस्वीकार गरेका छन् । 

पाँचथरबाट प्रत्यक्षमा निर्वाचित वसन्त नेम्वाङलाई कानुनमन्त्री बनाउन प्रस्ताव लिएर शुक्रबार बालुवाटार पुगेका नेता नेम्वाङको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन् ।

‘बरु तपाईं नै कानुनमन्त्री बन्नुस्, पोर्टफोलियो मिलाउँला,’ प्रधानमन्त्री-नेम्वाङ संवाद उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘त्यसपछि उहाँ बालुवाटारबाट बाहिरिनुभयो।’

भेटमा नेम्वाङले ‘मेरो एकजनालाई मन्त्री बनाउनुपर्‍यो’ भनेर आग्रह गरेलगत्तै प्रधानमन्त्रीले नाम बताउन भनेका थिए ।

तर, नेम्वाङको प्रस्ताव सुन्नेबित्तिकै अस्वीकार गरेका प्रधानमन्त्रीले उनैलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए ।

बालुवाटारबाट फर्किएलगत्तै नेम्वाङले निकटस्थहरूसँग आफू कानुनमन्त्री बन्न लागेको प्रचार शतप्रतिशत झुटो भएको दाबी गरेका थिए । – आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो