2026-09-21 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका जाने भनेर हिडेका ६ नेपाली ६ महिनादेखि टोगोमा

चैत ६, काठमाडौं | मानव तस्करको सञ्जालबाट अमेरिका जाने भनेर हिडेका ६ नेपाली पश्चिम अफ्रिकी मुलुक टोगोमा अलपत्र परका छन् । 

अलपत्र पर्नेमा बागलुङका महेश्वर आचार्य, कमलबहादुर घर्ती, मनबहादुर श्रीश पुन र अशोक पौडेल तथा सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा छन् ।

गैरआवासीय नेपाली संघका नाइजेरियास्थित केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाका अनुसार झन्डै ६ महिनादेखि टोगोमा अलपत्र पीडितहरूले हालै आफ्नो उद्धारका लागि आग्रह गरका हुन् ।

पीडितमध्ये बागलुङ–६ का महेश्वरका बुबा रुद्रनारायण शर्माले दिएको जानकारीअनुसार उनका छोरा अमेरिका जान भनेर गत वर्ष मंसिरमा घर छाडेर हिडेका हुन्। ‘दलालको लहैलहैमा लागेर अमेरिका जान छोरो हिडेको हो, उसको यात्राका लागि दलाललाई २५ लाख रुपैया बुझाएको थिए“,’ रुद्रनारायणले फोनमा भने, ‘घरबाट निस्केपछि २ महिना दिल्ली, ३ महिना थाइल्यान्ड, ४ महिना नाइजेरिया राखिएको रहेछ ।

बितेको ६ महिनादेखि टोगो भन्ने देशको राजधानीको एउटा होटलमा राखिएको छ भन्ने खबर पाएको छु।’ उनले आफ्नो छोरासहित सबै अलपत्र परकालाई घर फिर्ता ल्याउन काठमाडौं आएर परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्नेतयारी भइरहेको बताए । – कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो